कृषि विकास बैकबाट साना किसानले लिएको ऋण मिनाहा
काठमाडौं : सरकारले साना किसानले कृषि विकास बैकबाट लिएको ऋण मिनाहा गर्ने निर्णय गरेको छ । बिहीबार बसेको मन्त्रीपरिषद्को बैठकले २०२७ साल देखिको २९ करोड सावा मिनाहा गर्ने निर्णय गरेको हो ।
ऋणले उनीहरुको जीवनस्तर कस्किएको भन्दै त्यस्तो निर्णय गरेको सरकारका प्रवक्ता गोकुल बास्स्कोटाले बताए । उनले भने, ‘ सरकारले साना किसानको ऋण २०२७ साल देखिको २९ करोड सावा मिनाहा गर्ने निर्णय गरेको छ । हामी किसानलाई राहत स्वरुप यो कदम चालेका हौ ।’ उक्त निर्णय २४ गतेको मन्त्री परिषद बैठकको हो ।