Logo
६ माघ २०८१, आईतबार
(December 12, 2018)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

लक्की शेर्पा राजदूतबाट पदमुक्त होलिन् ?

काठमाडौं : अस्ट्रेलियाका लागि नेपाली राजदूत लक्की शेर्पा यतिबेला मानव तस्करको आरोप खेपिरहेकी छन् । उनलाई राजदूतको जिम्मेवारीमा निरन्तरता दिने वा पदमुक्त गर्नेबारे सरकारले अझै ठोस निर्णय गर्न सकेको छैन ।

शेर्पाबारेको छानविन अघि बढाएको परराष्ट्र मन्त्रालयले यस बारेमा अझै ठोस निर्णय लिन बाँकी रहेको परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले बताए ।

‘उहाँको विषयमा छानविन समितिले आन्तरिक छानबिन गरिरहेको छ, हामी अध्ययनकै क्रममा छौ, मन्त्री ज्ञवालीले भने–‘सबै सत्य तथ्य बुझेर आवश्यक निर्णयमा पुग्छौ ।’

राजदूत शेर्पाकै सवारी चालक वाड्चु शेर्पाले पैसा लिएर आफूलाई अष्ट्रेलिया ल्याएको आरोप लगाएपछि उनी विवादमा तानिएपछि परराष्ट्रले छानविन अघि बढाएको छ ।

परराष्ट्रका प्रशासन महाशाखा प्रमुख मणि भट्टराईको नेतृत्वमा सोही मन्त्रालयका सहसचिवद्धय तापास अधिकारी र दीपक अधिकारी संलग्न समितिले शेर्पाबारे छानबिन गरिएको छ । तर स्रोत भन्छ, शक्तिकेन्द्रको पछाडी उनी अहिले लागिरहेकी छन् । पदमुक्त हुनेबारे उनको सामथ्र्यमा भर पर्छ ।

प्रकाशित मिति: Dec 12, 2018

प्रतिक्रिया दिनुहोस्