नेप्सेमा नेशनल लाइफ इन्स्योरेन्स र स्वरोजगार लघुवित्त विकास बैंक सूचिकृत
काठमाडौं : नेप्सेमा मंगलवार नेशनल लाइफ इन्स्योरेन्स कम्पनी र स्वरोजगार लघुवित्त विकास बैंकको शेयर सूचिकृत भएको छ ।
नेशनल लाइफ इन्स्योरेन्सको ९९ लाख ३६ हजार ४ सय ७७ दशमलव ५ कित्ता हकप्रद शेयर सूचिकृत भएको छ । अब लगानीकर्ताले यि शेयरको कारोबार गर्न सक्नेछन् ।
साथै, स्वरोजगार लघुवित्त विकास बैंकको १२ लाख २४ हजार ९ सय ७७ दशमलव ६ कित्ता हकप्रद शेयर सूचिकृत भएको छ ।