Logo
३ मंसिर २०८१, सोमबार
(December 10, 2018)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

कांग्रेसमा गुटगत भेलाले सिमा नाघ्दै, विधान संशोधन के होला ?

काठमाडौं : पछिल्लो समय नेपाली कांग्रसमा गुटगत भेलाले सिमा नै नाघ्न थालेको छ । पार्टीको सबैभन्दा माथिल्लो निकायका रुपमा रहेको महासमिति बैठक नजिकिएसँगै विधानको विषयलाई लिएर नेपाली कांग्रेसभित्र गुटगत भेला तीव्र हुन थालको हो ।

गुटगत बैठक विशेष गरी केन्द्रीय कार्यसमितिको संख्या, बढेसँगै पदाधिकारीको संख्या बढाउनुपर्ने, पार्टीभित्रको निर्णय गर्ने अधिकार विकेन्द्रीकरण गर्नुपर्ने विषयमा केन्द्रित रहेको छ ।

विधान संसोधनको मुख्य एजेन्डासहित यही मंसिर २८ देखि पुस ३ गतेसम्म कांग्रेस महासमिति बैठक बस्दै छ । आइतबार बरिष्ठ नेता पौडेलपक्षका नेताहरुको बैठक बसेको थियो । यसैगरी समापति शेरबहादुर देउवा निकटका केही नेताहरु पनि बुढानिलकण्ठमा विधानका विवादित विषयबारे छलफल गरेका थिए ।

पार्टीको प्रस्तावित विधानमा सहमति खोज्न कांग्रेस सभापति शेरबहादुर देउवाले असन्तुष्ट शीर्ष नेतासँग छलफल गरेका छन् । रामचन्द्र पक्षधरले समेत गुटगत भेला गरिररहेको स्रोत बताउछ ।

प्रकाशित मिति: Dec 10, 2018

प्रतिक्रिया दिनुहोस्