Logo
२८ पुस २०८१, आईतबार
(December 9, 2018)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

जनकपुरमा विवाह पञ्चमी सफल पार्न निधिको निर्देशन, यसरी जुटे कांग्रेसका नेता तथा कार्यकर्ताहरु

काठमाडौँ : नेपाली कांग्रेसका उपसभापति विमेलन्द्र निधिको निर्देशनपछि कांग्रेस नेता तथा कार्यकर्ताहरु जनकपुरमा विवाह पञ्चमीका अवसरमा आयोजित सप्ताहव्यापी समारोहलाई सफल पार्न जुटेका छन् ।

तर उनले आफ्ना कार्यकर्ताहरुलाई उत्तर प्रदेशका मुख्यमन्त्री आदित्यनाथलाई स्वागत गर्नू भन्ने निर्देशन भने नदिएको नेपाली कांग्रेस धनुषाका एक नेताले जानकारी दिए । उनले पार्टी नेता तथा कार्यकतालाई विवाह पञ्चमीको अवसरमा जनकपुरमा आयोजित सप्ताहव्यापी समारोहलाई भव्यतासाथ सफल बनाउन निर्देशन दिएको हो तर आदित्यनाथलाई स्वागत गर्नू भनिएको छैन सो नेताले बताए ।

निधिको निर्देशनपछि कांग्रेस नेता कार्यकर्ताहरु बजार क्षेत्र सरसफाई गर्न तथा स्वागत गेटहरु निमार्ण गर्न थालेका छन् । निधिले शनिबार प्रदेश नम्बर २ कांग्रेस संसदीय दलका नेता रामसरोज यादव र नेपाली कांग्रेस धनुषा जिल्ला सभापति महेशशंकर गिरिलाई शनिबार विवाह पञ्चमी समारोह भव्य रुपमा सफल पार्न निर्देशन दिएका थिए ।

यसअघि निधिले उत्तरप्रदेशका मुख्यमन्त्रीलाई आमन्त्रण गरेको विषयमा विरोध जनाएका कारण कांग्रेसीहरुले विवाह पञ्चमी समारोहको तयारीमा जुटेका थिएनन् ।

उपसभपाति निधिको निर्देशनपछि भने विवाह पञ्चमीमा उत्तरप्रदेशको राम जन्मभूमि अयोध्याबाट जन्तीका रुपमा आउने साधु सन्तसहितको टोलीलाई नेपाल भारत सिमा जटही नाकामा स्वागत गर्न र अतिथिहरुलाई जनकपुरमा पनि आतिथ्य सत्कार गर्नका लागि आवश्यक तयारी गरिरहेका छन् । उत्तर प्रदेशका मुख्यमन्त्री योगी आदित्यनाथ भने हेलिकोप्टरमा आउने तयारी रहेको बुझिएको छ ।

प्रकाशित मिति: Dec 9, 2018

प्रतिक्रिया दिनुहोस्