Logo
६ माघ २०८१, आईतबार
(December 9, 2018)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

‘मिनी संसद्’ छल्दै देउवा–प्रचण्ड, सांसदहरुपनि उदाशीन

काठमाडौं : संवैधानिक व्यवस्था अनुसार विभिन्न संसदीय समितिहरु छन् । त्यस्ता समितिलाई ‘मिनी संसद्’ मानिन्छ । उक्त समितिका गतिविधिलाई व्यवस्थित गर्न प्रतिनिधिसभामा १०, राष्ट्रियसभामा ४ र २ वटा संयुक्त गरी १६ वटा समिति बनाइएका छन् ।

तर पछिल्लो चरणमा ती समितिका बैठकमा शीर्ष नेताहरुले चासो देखाउन छाडेका छन् । उनीहरुको बेवास्ताले समितिको गति नै रोकिएको छ ।

आफ्नो समितिको बैठकमा अहिलेसम्म एकपटक पनि नजानेमा पूर्वप्रधानमन्त्रीद्वय शेरबहादुर देउवा र पुष्पकमल दाहाल छन् । उनीहरुले बारम्बार समिति छलपनि कारबाही भने हुन सकेको छैन ।

समिति बैठकमा उपस्थित सदस्य पनि धेरैजसो हाजिर गरेरै हिँड्ने गरेका छन् । हाजिर गरेबापत संसदको बैठक बसेसरहकै सुविधा हुने गरेको छ तर एकैदिन समिति र संसद् बसे पनि एउटामात्र सुविधा उपलब्ध हुने गरेको छ । देउवा, प्रचण्ड समितिमै नजाने, अन्य सांसद हाजिर ठोकेर हिड्ने प्रवृत्तीले मिनी संसदको गरिमानै हराएको देखिन्छ ।

प्रकाशित मिति: Dec 9, 2018

प्रतिक्रिया दिनुहोस्