‘सरकार कुहियो न्याय जति चुहियो’ भन्दै विरोध प्रर्दशन : प्रधानमन्त्रीको पुत्ला दहन (हेर्नुस् १३ तस्विर)
काठमाडौं : नेपाल विद्यार्थी संघ पद्यम कन्या क्याम्पस इकाइ समितिले प्रधानमन्त्री केपी शर्मा ओलीको पुत्ला दहन गरेको छ । गत साउन १० गते बलत्कारपछि हत्या गरिएकी कञ्चनपुरकी बालिका निर्मला पन्तका हत्यारा पत्ता लगाएर कडा कारबाहीको माग गर्दै प्रधामन्त्री ओलीको पुत्ला दहन गरेको हो ।
क्याम्पस इकाइ सभापति साधना घिमिरेको नेतृत्वमा क्याम्पसबाट निस्केको र्याली रत्नपार्क पुगेर पुनः क्याम्पसको गेटमा पुगेर कोर्ण सभामा परिणत भएको थियो । कोर्ण सभा सकिए लगत्तै आन्दोलिन नेविसंघले प्रधानमन्त्रीको पुत्ला दहन गरेको थियो ।