Logo
९ मंसिर २०८१, आईतबार
(December 4, 2018)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

नेपाल स्टक एक्सचेञ्जमा एघार अर्ब बराबरको धितोपत्र सूचीकृत

काठमाडौँ : नेपाल स्टक एक्सचेञ्जमा करीब रु ११ अर्ब ३३ करोड बराबरको थप धितोपत्र सूचीकृत भएको छ । नेपाल राष्ट्र बैंकले प्रकाशित गरेको पछिल्लो विवरणअनुसार स्टकमा सूचीकृत कम्पनीको चुक्ता पूँजी रु ३ खर्ब ६० अर्ब ९९ करोड पुगेको छ ।

बैंकका अनुसार रु ३ अर्ब ५ करोड बराबरको साधारण शेयर सूचीकृत हुँदा रु ३ अर्ब १२ करोड बराबरको हकप्रद शेयर, रु ५ अर्ब १६ करोड बराबरको लाभांश शेयर सूचीकृत भएको छ । स्टकमा हालसम्म कूल १९८ कम्पनी सूचीकृत छन् । सूचीकृत कम्पनीमध्ये १४७ बैंक तथा वित्तीय संस्था छन् । त्यसमा बीमा कम्पनी समेत छन् ।

यस्तै सूचीकृत मध्ये १८ कम्पनी उत्पादन र प्रशोधन उद्योगसँग सम्बन्धित छन् । स्टकमा सूचीकृत मध्ये २१ जलविद्युत् कम्पनी छन् । होटल तथा व्यापारिक संस्थाका ४/४ कम्पनी सूचीकृत छन् भने चार अन्य समूहका कम्पनी समेत सूचीकृत भएका छन् ।

प्रकाशित मिति: Dec 4, 2018

प्रतिक्रिया दिनुहोस्