नबिल बैंकले दिने भयो आफ्ना शेयरधनीलाई ३४ प्रतिशत लाभांश
काठमाडौँ : नबिल बैंक लिमिटेडले आफ्ना शेयरधनीलाई ३४ प्रतिशत लाभांश दिने भएको छ । बैंकले आर्थिक वर्ष २०७४/७५ को मुनाफाबाट शेयरधनीलाई १२ प्रतिशत लाभांश शेयर र २२ प्रतिशत नगद लाभांश दिने भएको हो । नबिलले सो आवमा रु ४ अर्ब ५ करोड खुद मुनाफा गरेको थियो ।
बैंकका अनुसार १०० कित्ता शेयर बराबर २२ कित्ता लाभांश शेयर र प्रति शेयर रु २२ का दरले नगद लाभांश दिने भएको हो । बैंकको यही मङ्सिर १७ गते बसेको सञ्चालक समितिको बैठकले उक्त निर्णय गरी नेपाल स्टक एक्सचेञ्जलाई जानकारी गराएको हो ।
यस्तै स्टकमा आज मुक्तिनाथ विकास बैंकको शेयर मूल्य समायोजन भएको छ । आव २०७४/७५ को नाफाबाट बैंकले प्रस्ताव गरेको १८ दशमलव २५ प्रतिशत नगद लाभांश दिने भएको छ । मूल्य समायोजनपछि सो बैंकको प्रतिकित्ता शेयर मूल्य रु ३४५ कायम हुनेछ । यस्तै औसत आधार मूल्य भने रु ४९८ हुने छ ।
यस्तै विवरण बुझाउन अटेर गरेको भन्दै सोमबार कारोवार रोक लगाइएको नाडेप लघुवित्त वित्तीय संस्थाको कारोवार खुला भएको छ । स्टकले आज सो लघुवित्तको कारोवार खुल्ला गरेको जनाएको छ ।