Logo
६ माघ २०८१, आईतबार
(December 4, 2018)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

हो ‘मदर मुन’ बाट आशीर्वाद लिएँ, भीम रावलले खर्च विवरण माग्ने हो भने राष्ट्रसंघमा गए हुन्छः माधव नेपाल

काठमाडाैं : धार्मिक नाममा विवादीत बनेको एसिया प्यासिफिक समिटको विरोध गर्नेहरु आफै समाप्त भएर जाने भन्दै नेकपाका बरिष्ठ नेता माधव कुमार नेपालले ठोकुवा गरेका छन् । समिटको विरोध गर्ने नेकपाका नेता भीम रावलको तर्कमा कुनै तुक नरहेको भन्दै रावलसँग खर्च विवरण माग्न पाउने अधिकार नभएको जनाएका छन् । नेता नेपालले यसैक्रममा भने, यदि यसबारे चित्त नबुझेमा संयुक्त राष्ट्र संघमा माग्न सकिन्छ । होइन भने यस्ता बेतुकका कुरा गरेर बस्नु गलत हो ।

युनिभर्सल पिस फेडेरेसनको कार्यक्रम नेपालमा हुनु एकदमै खुशीको कुरा रहेको भन्दै आफूले मुनबाट आशीर्वाद लिएको नेता नेपालले जनाएका छन् । मुनको आशीर्वादले आफू थप बलियो बनेको समेत ठोकुवा गेका छन् । क्रिश्चियन धर्म प्रचार कार्यक्रमले नेपालमा पर्यटनको क्षेत्रमा समेत अतुलनिय फाइदा भएको भन्दै उनले समिटको बचाउ गरेका छन् ।

विवादीत छवि भएकी मुनलाई नेता नेपालले ‘मदर मुन’ भनेर सम्बोधन गर्दै उनी कुशल मान्छे भएको र उनीबाट धेरैले ब्लेसिङ लिएको र शान्ति समेत प्राप्त गरेको जनाएका छन् । प्रधानमन्त्री केपी शर्मा आेली र सभामुख कृष्णबहादुर महरा समेत समिटमा सहभागी भएको नेता नेपालले जनाएका छन् ।

तर, अध्यक्ष प्रचण्ड र नेता झलनाथ खनालले कार्यक्रमको बहिष्कार गरेको भन्ने प्रश्नमा भने नेता नेपालले प्रचण्डको दाँत दुखेको कारण कार्यक्रममा नआएको ठोकुवा गरेका छन् । कार्यक्रम आयोजन गर्ने नेपाल शाखाका अध्यक्ष एकनाथ ढकालको बचाउ गर्दै नेता नेपालले एकनाथ ढकाल राम्रो मान्छे भएको जनाएका छन् । उसो त ढकाल तीनै व्यक्ति हुन जसले नेता नेपाललाई विदेश भ्रमण गराउने गर्दछन् ।

प्रकाशित मिति: Dec 4, 2018

प्रतिक्रिया दिनुहोस्