पेट्रोललियम पदार्थसँगै अब अलकत्र पनि बिक्रिवितरण गर्ने तयारीमा आयल निगम
काठमाडौं : पेट्रोललियम पदार्थ बेच्दै आएको नेपाल आयल निगमले ‘अलकत्र’ पनि बेच्ने तयारीमा लागेको छ ।
पेट्रोललियम पदार्थबाट निगमको घाटा चुलिन थालेपछि निगम व्यवसायीक विस्तारमा लागेको हो । आयल निगमका कार्यकारी निर्देशक सुशील भट्टराई अहिले दिल्ली छन् ।
स्रोतका अनुसार निगमले भारतसँग सम्झौता गरी अलकत्रको डिपो नेपाल ल्याउने तयारी गरेको छ । अलकत्रको डिपो हाल नेपालमा नहुँदा अर्बौँ बाहिरीपछि निगमले यस्तो तयारी गरेको निगमका प्रवक्ता वीरेन्द्र गोहितले नागरिक टाइम्सलाई बताए ।
उनका अनुसार दिल्लीमा भारतीय उच्च अधिकारीसँग डिपो राख्ने विषयमा छलफलका लागि भट्टराई दिल्ली गएका छन् । यससम्वन्धि व्यवसायी कार्यका लागि सरकारले निगमलाई स्वीकृति दिइसकेको सम्बद्ध स्रोत बताउछ ।
निगमका अनुसार डिपो दिन भारत सकारात्मक छ । यसका निम्ति छलफल जारी रहेको र कार्यविधी बनिसकेपछि थप काम अघि बढ्नेछ । हाल काठमाडौंमा डिपो राख्ने र विस्तारै प्रदेशस्तरमा अलकत्रको डिपो राख्ने निगमको तयारी छ ।