Logo
३ मंसिर २०८१, सोमबार
(December 3, 2018)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

होली वाइन पिएर १५ सय जनप्रतिनिधि ‘मुन दम्पती’को वंशमा समाहित

काठमाडौं : युनिभर्सल पिस फेडेरेसन (युपिएस)को आयोजनामा सम्पन्न एसिया प्यासिफिक समिटमा आगन्तुक पाहुनालाई होली वाइन अर्थात ‘पवित्र रक्सी’ पिलाइएको छ ।

नेकपाका बरिष्ठ नेता एवं पूर्वप्रधानमन्त्री माधव कुमार नेपालले उक्त होली वाइन पिएर सच्चा माता मुनबाट आशीर्वाद समेत लिएका छन् । प्लास्टिकको गिलासमा पिलाइएको होली वाइन पिउनेहरु महानगरपालिका, नगरपालिका, गाउँपालिकाका मेयर/अध्यक्ष एवं नेता तथा सांसद रहेका थिए ।

आफूलाई सच्चा माता भनेर दावी गर्ने मुन पत्नी हाक जानले आफ्ना पतिलाई सम्झदै आशिर्वाद दिएकी थिइन् । उसो त यसरी आशीर्वाद लिनेको सूचिमा प्रधानमन्त्री ओलीको समेत नाम थियो । तर, उहाँ जनस्तरबाट गरिएको विरोधका बाबजुत निस्किएको जनाइएको छ ।

होली वाइन पिउनेहरु नै युनिभर्सल चर्चको सदस्य हुने मान्यता अनुसार थुप्रै जनप्रतिनिधिका जोडिहरु कार्यक्रमस्थल होटेल हायातमा पुगेको आयोजक एकनाथ ढकालले जनाए । उनका अनुसार झण्डै १५ सयले उक्त वाइन पिएर मुन दम्पतीको वंशमा समाहित भएका छन् ।

प्रकाशित मिति: Dec 3, 2018

प्रतिक्रिया दिनुहोस्