Logo
६ माघ २०८१, आईतबार
(December 2, 2018)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

आफ्नै मुख्यमन्त्रीमाथि सरिता गिरीको प्रहार : ‘प्रदेश सरकार मन्दिर र मदरसामै सिमित’

काठमाडौं : सत्तारुढ संघीय समाजवादी फोरम नेपालकी नेतृ एवम् प्रतिनिधि सभा सांसद सरिता गिरीले प्रदेश दुईको आफ्नै दलको सरकारको कटु आलोचना गरेकी छन् । मुख्यमन्त्री मोहम्मद लालबाबु राउतले आफ्नै दलको नीति अनुसार काम गर्दै आएका छन् । उनले हिन्दू, मुस्लिम वा जुन कुनै समुदायलाई बराबरीमा राखेर काम गर्दै आउँदा पनि विभिन्न आक्षेपहरू लाग्ने गरेका हुन् ।

हुन त मोहम्मद लालबाबु राउतले मुख्यमन्त्रीको शपथ लिएपछि जानकी मन्दिरमा पुगेर पूजा पनि गरेका थिए । हिन्दूसँग सम्बन्धित कार्यक्रमहरूमा बेला बेला सहभागी हुने गरेका छन् । तर, लालबाबु राउतलाई उनकै दलकी नेतृ सरिता गिरीले कठोर आलोचना गरेकी छिन् । उनले सामाजिक सञ्जालमा मुख्यमन्त्री राउतको आलोचना गरेकी छन् ।

उनले भनेकी छिन्, ‘प्रदेश २ को सरकार मन्दिर र मदरसाको राजनीतिमा अल्झिसकेको छ ।’ बेलाबेला उट्पट्याङ स्टाटस लेखेर आलोचना खेप्दै आएकी गिरीको यो स्टाटसले फेरि धेरैलाई झस्काएको छ ।

प्रदेश दुईका मुख्यमन्त्री राउतले हिन्दू, मुस्लिम सबैलाई मिलाउन खोज्दा आफ्नै दलकी नेतृ गिरीबाट आएको आलोचनाले विभिन्न आशंका जन्माएको छ । नेतृ गिरी कहाँबाट सञ्चालित छिन् भनेर प्रश्न उठाएका छन् । नेतृ गिरी कतै क्रिश्चियनबाट निर्देशित छिन् कि भनेर आशंका उब्जिन थालेको छ ।

प्रकाशित मिति: Dec 2, 2018

प्रतिक्रिया दिनुहोस्