Logo
६ माघ २०८१, आईतबार
(December 2, 2018)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

ओली सरकारले तामझामका साथ सार्वजनिक गरेको सामाजिक सुरक्षा कोष हामीले ल्याएको हो : कांग्रेस

काठमाण्डौ : नेपाली कांग्रेसले योगदानमा आधारित सामाजिक सुरक्षा ऐन आफ्नै सरकारको पालामा आएको बताएको छ । आज पत्रकार सम्मेलन गर्दै नेपाली कांग्रेसले आफ्नो पार्टी सभापति शेरबहादुर देउवा सरकारको पालामा ९ साउन २०७४ मा सामाजिक सुरक्षा ऐन संसद्‌मा प्रस्तुत भई पारित भएको जनाएको हो ।

संसद्ले पारित गरेको उक्त ऐन २९ साउन २०७४ मा राष्ट्रपतिबाट प्रमाणित भएको पनि कांग्रेसले जनाएको छ । केन्द्रीय समितिको बैठकबाट पारित निर्णय सुनाउँदै प्रवक्ता विश्वप्रकाश शर्माले भने, “कांग्रेसको अग्रसरतामा आएको ऐन कार्यान्वयनको क्रम अघि बढेकाले हामीले यसलाई सुखद र सकारात्मक रुपमा लिएका छौं । तर, प्रचार शैलीलाई भने हामीले अनावश्यक र भड्कीलो शैली ठहर गरेका छौँ ।”

कांग्रेसले सरकार, रोजगारदाता र श्रमिक तीनवटै पक्षको भूमिकाबाट मात्र यसको कार्यान्वयन हुने भन्दै प्रमुख प्रतिपक्षका रुपमा यसको सफलताका लागि आफ्नो पार्टीले खबरदारीका साथै आवश्यक साथ पनि दिने बताएको छ ।

प्रकाशित मिति: Dec 2, 2018

प्रतिक्रिया दिनुहोस्