Logo
२ माघ २०८१, बुधबार
(December 2, 2018)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

हेड टु हेड प्रतिस्पर्धाको दोस्रो राउन्डमा श्रृंखला पराजित, अझै प्रतिस्पर्धाको लागि १७ स्थान बाँकी

काठमाडौं : मिस वर्ल्ड अन्तरगत हेड टु हेड प्रतिस्पर्धाको दोस्रो राउन्डमा नेपालकी श्रृंखला खतिवडा पराजित भएकी छिन् । सिंगापुरकी सुन्दरी भानेसा पेहले उनलाई रोकिन् ।

हेड टु हेडको दोस्रो राउन्डमा २० देशका सुन्दरी छानिएका थिए । श्रृंखलासित प्रतिस्पर्धामा सिंगापुरकी भानेसा थिइन् । यसमा जितेको भए श्रृंखला टप ३० मा पुग्न सक्थिन् । यो मौका उनले गुमाएकी छन् ।

हेड टु हेडको दोस्रो राउन्डमा करिब ९० सेकेन्डको भिडियो प्रिजेन्टेसन दिनुपर्ने हुन्छ । श्रृंखलाले फेसबुकमा भिडियो पोष्ट गर्दै प्रिजेन्टेसनमा आफ्नो कमजोरी भएको स्वीकारेकी छन् । उनी सिंगापुरकी सुन्दरी जितको हकदार रहेको पनि बताएकी छन् ।

‘९० सेकेन्डमा मेरो प्रोजेक्टलाई मैले जसरी सकिन्छ प्रस्तुत गरेँ । भविष्यको योजना केही प्रस्तुत गर्नु भनेर सर्कुलरमा दिइएको थियो मैले त्यसमै फोकस गर्न खोजेँ । भिडियो हेरेर मैले महसुस गरिसकेँ । सिंगापुरले डिजर्भ गरेको थियो,’ उनले भनेकी छन्, ‘मेरो बीचमा एक(दुई लाइन भन्न छुटेको रहेछ । सायद त्यो भएर कनेक्ट हुन सकेन । मैले आफैंले यूट्यूबमा भिडियो हेदा पनि कनेक्टेड फिल भएन ।’

उनले यो हारबाट दुखित भएको बताएकी छन् । भावुक बन्दै उनले भनेकी छन्, ‘यत्रो माया गरिदिनुभयो, कसरी गुन तिरौं भन्ने मात्रै सोच्न आउँछ । नेपाल आएर धेरै काम गर्न आउँछ ।’ हेड टु हेडको प्रिजेन्टेसनमा तीन जना निर्णायकहरु थिए । तीनै जनाले सिंगापुरकी प्रतियोगिलाई चुनेका थिए । भारतकी सुन्दरी अनुकृती भास म्यानमारकी सुन्दरीलाई पछि पार्दै टप ३० मा प्रवेश गरेकी छन् ।

हेड टु हेड समाप्त भएसँगै टप ३० का १३ वटा स्थानहरु भरिएका छन् । श्रृंखलाले अब बाँकी १७ स्थानका लागि प्रतिस्पर्धा गर्नुपर्ने छ । हेड टु हेडबाट बाहिरिए पनि श्रृंखलाले मल्टिमिडिया र ब्यूटी विथ प्रपोजबाट टप ३० मा स्थान बनाउन सक्छिन् । मल्टिमिडिया अवार्ड पब्लिक भोटिङको आधारमा दिइन्छ । यसका लागि आउँदो ८ डिसेम्बर (फाइनलको दिन)सम्म भोटिङ खुल्ला हुनेछ ।

प्रकाशित मिति: Dec 2, 2018

प्रतिक्रिया दिनुहोस्