क्रीस्चियन रीतिरिवाज अनुसार विवाह गरेका प्रियंका-निक जोनासले हिन्दु परम्परा अनुसार फेरि विवाह गर्ने
बलिउड-हलिउड अभिनेत्री प्रियंका चोपड़ा र हलिउड अभिनेता तथा गायक निक जोनासले क्रीस्चियन परम्परा अनुसार शनिबार बिवाह गरेका छन् ।
कैथोलिक क्रीस्चियन धार्मिक
रीतिरिवाज अनुसार उनिहरुले भारत स्थित एक राजशाही भवनमा विवाह गरेका हुन् ।
क्रीस्चियन परम्परा अनुसार विवाह गर्दै उनिहरुले सार्वजनिक रूप मै एक अर्कालाई KISS गरेका थिए । विवाहपछि निकले प्रियंकालाई अग्लोमा उठाएका थिए । त्यसपछि दुवैजनाले डान्स समेत गरेका थिए ।
जोधपुर को उम्मेद पैलेसमा भएको विवाह समारोहमा प्रियंका चोपड़ाले Ralph Lauren को गाउन लगाएका थिए ।
त्यस्तै जोनासले ब्लैक कलरको ड्रेसमा देखिएका थिए । विवाहपछि उक्त नव जोडीले आफ्ना साथीहरू समेत आफ्न्तसँग फोटोशूट गरेका थिए ।
यो जोडीले आइतबार हिन्दु परम्परा अनुसार फेरि विवाह गर्ने छन् ।