Logo
३ मंसिर २०८१, सोमबार
(December 1, 2018)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

‘निर्मला पन्तका हत्यारालाई प्रधानमन्त्री र गृहमन्त्रीनै संरक्षण गरेका छन्’

धनगढी : नेपाली कांग्रेसकी केन्द्रीय सदस्य डा.डिला संग्रौलाले बलात्कारपछि हत्या भएकी कञ्चनपुरकी निर्मला पन्तका हत्यारालाई सरकारले नै संरक्षण गरिरहेको आरोप लगाएकी छन् ।

महेन्द्रनगरमा निर्मलाका लागि न्यायिक अभियान सञ्चालन गरेकी संग्रौलाले शनिवार बिहान धनगढीमा प्रेस युनियनले आयोजना गरेको पत्रकार सम्मेलनमा प्रधानमन्त्री केपी शर्मा ओली र गृहमन्त्री रामबहादुर थापाले सत्ता जोगाउन निर्मलाका हत्यारा लुकाएको आरोप लगाइन् ।

जसका कारण देशमा दिनप्रति बलात्कारका घटना बढीरहेको उनले बताइन् । उनले बलात्कारी र हत्याराहरुलाई संरक्षण गर्नेहरुले सरकारमा बसिरहने नैतिकता गुमाइसकेको बताइन् ।

प्रकाशित मिति: Dec 1, 2018

प्रतिक्रिया दिनुहोस्