Logo
१० मंसिर २०८१, सोमबार
(November 30, 2018)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

कपिलवस्तुको बुद्धभूमिमा बस दुर्घटना, चालक समेत १५ घाइते

कपिलवस्तु : पूर्व-पश्चिम राजमार्ग अन्र्तगत कपिलवस्तुको बुद्धभूमि नगरपालिका गोरुसिंगे नजिकै बस दुर्घटना हुँदा १५ जना घाइते भएका छन् । बस चालक २८ वर्षीय रमेश पुन गम्भीर घाइते भएका छन् ।

दुर्घटनमा परि १५ जना घाइते भएको प्रहरी उपरीक्षक अच्युतम पुडासैनीले बताउनु भयो ।  कृष्णनगरबाट बुटवलतर्फ जांदै गरेको लु १ ख ५८३३ नम्बरको बस गोरुसिंगेबाट पूर्वतर्फ जंगल किनारमा पल्टिएको प्रहरीले जनाएको छ ।

घाइतेमध्ये ८ जनालाई जितपुरमा उपचारपछि घर पठाइएको र बांकी ७ जनालाई थप उपचारका लागि बुटवल पठाइएको प्रहरीले जनाएको छ ।

 

प्रकाशित मिति: Nov 30, 2018

प्रतिक्रिया दिनुहोस्