Logo
३ माघ २०८१, बिहीबार
(November 30, 2018)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

आपसी सहकार्यको विषयमा नेपाल र म्यान्मारबीच सम्झौता हुने

काठमाडौँ : प्रधानमन्त्री केपी शर्मा ओलीसँग नेपालको औपचारिक भ्रमणमा रहनुभएका म्यान्मारका स्टेट काउन्सिलर आङ सान सु कीले आज भेटवार्ता गर्नुभएको छ ।

सो अवसरमा उहाँहरूका बीचमा द्विपक्षीय हित र आपसी सम्बन्धका विविध विषयमा कुराकानी भएको जनाइएको छ । भेटमा परराष्ट्रमन्त्री प्रदीप ज्ञवाली, प्रधानमन्त्री ओलीका मुख्य राजनीतिक सल्लाहकार विष्णु रिमाल, प्रधानमन्त्री ओलीका परराष्ट्र सल्लाहकार डा राजन भट्टराईको उपस्थिति रहेको थियो ।

आजै दुईदेशबीच आपसी सहकार्यका विषयमा सम्झौता हुने बुझिएको छ । एशिया प्रशान्त शिखर सम्मेलनमा भाग लिने सिलसिलामा प्रधानमन्त्री ओलीको निमन्त्रणामा नेपालको औपचारिक भ्रमणमा स्टेट काउन्सिलर सु की बिहीबार काठमाडौँ आउनुभएको थियो ।

प्रकाशित मिति: Nov 30, 2018

प्रतिक्रिया दिनुहोस्