Logo
६ माघ २०८१, आईतबार
(November 30, 2018)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

डा.लोहनीद्वारा प्रधानमन्त्रीले उद्घाटन गर्ने क्रिश्चियन कार्यक्रम बहिष्कार

नागरिक टाइम्स, काठमाडौं : एकीकृत राप्रपा राष्ट्रवादीका अध्यक्ष डा.प्रकाशचन्द्र लोहनीले दक्षिण कोरियाको युनिफिकेसन चर्चको वजारीकरणका लागि काठमाडौंमा कार्यक्रम राखिएको भन्दै आफूले बहिष्कार गरेको जनाएका छन् ।

उनले युनिफिकेसन चर्चको लागि नेपालका प्रधानमन्त्रीसहित १५०० सय दम्पतिलार्इ चर्चका गुरुवाट आशीर्वाद दिने युनिफिकेसन चर्चको भेलामा नेपालसरकार संलग्न हुनु दुर्भाग्य भएको बताएका छन् ।

‘एकीकृत राप्रपा राष्ट्रवादी पार्टी यो अर्थहीन अभियानमा सहभागी हुन चाँहदैन’, उनले भनेका छन्, ‘यसै सन्दर्भमा यसकार्यक्रमको लागि बोलाइयको डिनर निम्ता वहिस्कार गर्दछु ।’

नेपालको लागि यो भेलाको उद्देश्य युनिफिकेसन चर्चको अन्तर्राष्ट्रिय वजारमा प्रवर्द्धन गर्ने र उक्त चर्चका इसाइ पादरीवाट नेपालका ठूलावडाका दम्पति सहित आशीर्वाद लिने काममा सीमित रहेको डा.लोहनीले बताएका छन् ।

युनिफिकेसन चर्चको वजारीकरणमा नेपाल सरकारले दुई करोड़ खर्च गरी हिस्सेदार बनेर हिन्दु र बुद्ध भूमि नेपालको सांस्कृतिक जग वलियो हुन्छ भन्नु अर्थहीन भएको उले बताएका छन् ।

युनिभर्सल पिस फेडरेशनका नाममा शुक्रबारदेखि एउटा पाँच तारे होटेलमा क्रिश्यिनसम्बन्धी कार्यक्रम हुँदैछ । कार्यक्रमलाई नेपाली कांग्रेसले पनि विरोध गरेको छ ।

प्रकाशित मिति: Nov 30, 2018

प्रतिक्रिया दिनुहोस्