Logo
३ मंसिर २०८१, सोमबार
(November 29, 2018)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

नेकपाको सातै प्रदेश कमिटी तयार, आज नामावली सार्वजनिक गरिने

फइल तस्विर : नेकपा सचिवालय

काठमाडौं : नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को सचिवालय बैठकले लामो समयपछि सातै प्रदेश कमिटीका सदस्यको नाम टुङ्गो लगाएको छ । बैठकले यस अघि नै प्रदेश कमिटीका अध्यक्ष, सचिव, इञ्चार्ज र सहइञ्चार्ज तोकिसकेको छ ।

प्रधानमन्त्री निवास बालुवाटारमा बुधबार बसेको बैठकले सातै प्रदेश कमिटी एकीकरणको टुङ्गो लगाएको र नामावली आज सार्वजनिक गरिने प्रवक्ता नारायणकाजी श्रेष्ठले बताएका छन् ।

अर्को बैठकमा केन्द्रीय समितिका सदस्यको कार्य विभाजन, जनवर्गीय संगठनको एकीकरण र जिल्ला समितिका मुख्य नेतृत्वको चयनको प्रक्रिया अगाडि बढाइने प्रवक्ता श्रेष्ठले जानकारी दिए ।

प्रकाशित मिति: Nov 29, 2018

प्रतिक्रिया दिनुहोस्