सुजाताको ‘लञ्च मिटिङ्ग’ पछि कांग्रेस महामन्त्री कोइरालाले बोलाए गुटको भेला
काठमाडौं : नेपाली कांग्रेस महामन्त्री डा. शशांक कोइरालाले आन्तरिक छलफलका लागि पार्टी भित्र रहेका आफ्नो गुटको भेला बोलाएका छन् । उनले विधानबारे छलफल गर्न भन्दै रामचन्द्र पौडेल र कृष्ण सिटौला गुटमा रहेका नेताहरुको बैठक बोलाएका हुन् ।
यसअघी सुजाता कोइरालाले आफनो निवसमा ‘लञ्च मिटिङ’ बोलाएर नेताहरुलाई आगामी रणनीतिबारे बृहत छलफल गरेपछि यसैलाई निरन्तरता दिन महामन्त्रीले बैठक बोलाएको स्रोतले जनाएको छ ।
कोइराला निकट स्रोतका अनुसार बैठकमा विधान संशोधन मस्याैदा समितिको प्रस्तावमा छलफल गर्नुका साथै कांग्रेस महाधिवेशनका लागि समेत एजेण्डा तय गर्ने जनाइएको छ ।
कांग्रेस केन्द्रीय कार्यसमितिको भोलिबाट सुरु हुन लागेको छ ।