Logo
४ माघ २०८१, शुक्रबार
(November 28, 2018)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

ओली विरुद्ध बन्दैछ यस्तो संयन्त्र, नेकपाको सचिवालय बैठक स्थगित हुँदा प्रचण्डलाई फाइदा !

फइल तस्विर : नेकपा सचिवालय

काठमाडाैं : विभिन्न कारण देखाउँदै सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को केन्द्रिय सचिवालय बैठक पटक पटक सारिएपछि माथिल्लो स्तरका नेताहरु स्यंव नै असन्तुष्ट बनेका छन् ।

सोमवारै केन्द्रीय सचिवालय बैठक बसेर केन्द्रीय सदस्यहरुको कार्यविभाजन तथा प्रदेश कमिटीहरुको टुंगो लगाउने भनिए पनि बैठक बस्न सकेको छैन । प्रधानमन्त्री तथा पार्टी अध्यक्ष केपी शर्मा ओलीले बैठक सार्ने गरेको आरोप नेकपा नेताहरुले लगाएका छन् ।

तर, बैठक नबस्नुका पछाडि भने ठूलो रहस्य लुकेको भन्दै नेकपाका एक उच्च नेताले भने, पार्टीमा जुनबेलासम्म आफ्नो अनुसार पार्टी चलाउने वातावरण बन्दैन तबसम्म बैठक बस्ने छाट छैन् ।

प्रधानमन्त्री आेलीले बैठकका बारेमा विभिन्न बखेडा झिकेर होस् या तयारीको नाममा बैठक हुन नदिने षडयन्त्रमा लागेका छन् । ती नेता भन्छन् ।

प्रचण्डलाई भेट्न पुगेको असन्तुष्ट टोलीसँग प्रचण्डले समेत आफू दिक्दार भएको भन्दै उनीहरुको माग जायज भएको जनाएपछि नेकपामा आेली झनै एक्लै हुने संकेत देखा परेको छ ।

प्रचण्ड लगायतका अन्य नेताहरु मिलेर प्रधानमन्त्री आेलीको दम्भ तोडेरै छाड्ने संकल्प समेत गरेको स्रोतको दावी छ ।  आेलीको शैली मनोगत धेरै वैचारिक थोरै भएको भन्दै ‘प्रचण्ड’ समेत हैरान बनेको उनी निकटका नेताहरु बताउँछन् ।

यद्यपी सरकारको नेतृत्व गरिरहेको मान्छेलाई घेराबन्दीमा नपार्ने भन्ने मनशायका कारण नेकपाका नेताहरु चुप बस्नु परेको एक नेताले बताए ।

प्रकाशित मिति: Nov 28, 2018

प्रतिक्रिया दिनुहोस्