Logo
५ माघ २०८१, शनिबार
(November 27, 2018)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

सरकारलाई कानुन निर्माणमा तदारुकता देखाउन सभामुख महराको आग्रह

काठमाडौं : प्रतिनिधिसभाकाले सरकारलाई कानुन निर्माणमा तदारुकता देखाउन आग्रह गरेका छन् ।

उनले सरकारलाई संघीय संसदको हिउँदे अधिवेशन आह्वान गरेर विजनेस समेत दिन आग्रह गरेका हुन्। राष्ट्रियसभा अन्तर्गतको विधायन व्यवस्था समितिले सिंहदरबारमा आयोजना गरेको ऐन कार्यान्वय, मापन तथा अध्ययन अनुसन्धानसम्बन्धी एक दिने गोष्ठीको उद्घाटन शत्रमा बोल्दै उनले यस्तो बताएका हुन् ।

उनले कानुन, न्याय तथा संसदीय मामिला मन्त्री भानुभक्त ढकालमार्फत सरकारलाई कानुन निर्माणमा तदारुकता देखाउन आग्रह गरेका हुन्। महराले फागुन २१ गतेसम्म तीन सय ३९ वटा कानुनलाई संविधानको मर्म अनुसार परिमार्जन गर्नु पर्ने भए पनि हालसम्म एउटा पनि विधेयक संसदमा पेश नभएको बताए ।

फागुन लागेपछि विधेयक पेश गरेर काम गर्न नसकिने समेत उनले जानकारी गराए। सोही कार्यक्रममा राष्ट्रियसभा अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले नागरिकहरूलाई ऐन अनुसार सेवा दिन कानुनको प्रभावकारी कार्यान्वयन हुनुपर्नेमा जोड दिए ।

प्रकाशित मिति: Nov 27, 2018

प्रतिक्रिया दिनुहोस्