पप्पु कन्ट्रक्सनको धराैटी रकम जफत, सिक्टा सिँचाइमा फेरि टेन्डर
काठमाडाैं : निर्माण व्यवसायी तथा सांसद हरिनारायण राैनियारको पप्पु कन्स्ट्रक्सनले धराैटीबापत बैंकमा राखेको ९ करोड ९० लाख रुपैयाँ सरकारले जफत गर्ने भएको छ ।
राष्ट्रिय गाैरवको आयोजनाअन्तर्गत सिक्टा सिचाइ आयोजनाको डुडुवा शाखा नहर निर्माणको काम समयमा सम्पन्न नगरेपछि धराैटी रकम जफत हुने पक्का भएको छ ।
ठेक्का नै रद्द गर्ने तयारीमा रहेको आयोजनाले पप्पुसँगको सम्झाैता रद्द गरेर पुनः टेन्डर खोल्ने भएको हो । तर, पप्पुले पेश्की रकम भन्दै ८ करोड ३७ लाख भुक्तानी लिइसकेको छ ।
जसमध्ये ५ करोड बराबरको मात्र काम भएको सिक्टा सिँचाइ आयोजनाका डिभिजन इन्जिनियर प्रकाश बहादुर कार्कीले जनाएका छन् ।पप्पुले पेश्की बापत लगेको रकम फिर्ता गर्ने तयारीमा आयोजना लागेको समेत जनाइएको छ ।