Logo
१२ मंसिर २०८१, बुधबार
(November 26, 2018)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

नेप्सेको अनलाइन प्रणालीमा सुधारको माग

काठमाडौँ : नेपाल स्टक एक्सचेञ्ज लिमिटेड (नेप्से) ले हालै सञ्चालनमा ल्याएको पूर्ण कारोवार प्रणाली कार्यान्वयनमा समस्या देखिएको भन्दै शेयर लगानीकर्ताले तत्काल सुधारको माग गरेका छन् ।

शेयर लगानीकर्ताले आज नेप्सेको कार्यालय परिसरमा भेला भएर अनलाइन कारोवार प्रणालीमा तत्काल सुधारका साथै व्यक्तिगत प्रयोग खाता र पासवर्ड उपलब्ध गराउनुपर्ने माग गरेका थिए । शेयर लगानीकर्ताले हाल यस क्षेत्रका ब्रोकर (दलाल) मार्फत कारोवार गर्दै आएका छन् ।

स्टक एक्सचेञ्जले गत कात्तिक २० गतेदेखि ‘नेप्से अनलाइन कारोवार प्रणाली’ सञ्चालनमा ल्याएको हो । आइतबार शेयर कारोवार भइरहेको समयमा प्रणालीमा प्राविधिक समस्या आएपछि एक्कासी अवरोध भएको भन्दै लगानीकर्ताहरुले आक्रोस पोखेका थिए ।

नेपाल इन्भेष्टर्स फोरम, शेयर लगानीकर्ता सङ्घ नेपाल, नेपाल पूँजी बजार लगानीकर्ता सङ्घ र नेपाल पूँजी बजार सङ्घको आह्वानमा लगानीकर्ताले पूँजी बजार सुधार तथा विस्तारका रणनीतिक काम गर्न समेत माग गरेका छन् ।

नेप्सेका प्रमुख कार्यकारी अधिकृत चन्द्रसिंह साउदले अनलाइन कारोवार प्रणालीमा शुरुमा केही प्राविधिक समस्या आए पनि सुधार हुँदै गएको बताए । उनले लगानीकर्ता नयाँ प्रणालीमा अभ्यस्त भएपछि छिट्टै सम्पूर्ण लगानीकर्तालाई व्यक्तिगत प्रयोग खाता र पासवर्ड उपलब्ध गराइने जानकारी दिए।

प्रकाशित मिति: Nov 26, 2018

प्रतिक्रिया दिनुहोस्