Logo
५ माघ २०८१, शनिबार
(November 26, 2018)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

संघीय समाजवादी फोरमको महाधिवेशनको मिति सर्यो

काठमाडौँ : उपेन्द्र यादव नेतृत्वको सत्तासिन संघीय समाजवादी फोरम नेपालको पहिलो महाधिवेशनको मिति सरेको छ । आगामी माघका लागि तय गरेको महाधिवेशन तयारी नपुगेको भन्दै आगामी २०७६ बैशाख २७ गतेका लागि सारिएको छ । यसअघि माघ २८मा महाधिवेशन गर्ने तय भएको थियो ।

पार्टीका महासचिव रामसहाय यादवका अनुसार नयाँ संरचना अनुसार प्रदेश, जिल्ला, गाउँ, नगर गठन गर्नुपर्ने भएकाले महाधिवेशनको मिति सारिएको हो । यसअघि फोरम नेपालले ११ प्रदेशको आधारमा पार्टीको संरचना बनाएको थियो ।

अहिले सात प्रदेश भएको र सोहीअनुसार संरचना बनाउनुपर्ने भएकाले बैशाखका लागि महाधिवेशन सारिएको गोरखापत्रमा खवर छ । मधेशी जनअधिकार फोरम नेपाल र संघीय समाजवादी पार्टीबीच एकीकरण भई संघीय समाजवादी फोरम नेपाल बनाएपछि नयाँ पार्टीको रुपमा यो पहिलो महाधिवेशन हो ।

प्रकाशित मिति: Nov 26, 2018

प्रतिक्रिया दिनुहोस्