मिस वर्ल्ड २०१८ को ‘हेड टु हेड च्यालेञ्ज’मा श्रृंखला : ‘बेरोजगारी ठूलो समस्या’ (भिडियो)
काठमाडौँ : मिस वर्ल्ड २०१८ को प्रतियोगिताको आइतबार प्रतियोगितामा ‘हेड टु हेड च्यालेञ्ज’ हुँदैछ । यसमा नेपालबाट श्रृंखला खतिवडाले सहभागिता जनाँदैछिन् । ‘हेड टु हेड च्यालेञ्ज’ च्यालेञ्जमा पुग्नको लागि प्रतियोगीले सोधिएको प्रश्नको उत्कृष्ट जवाफ दिनुपर्ने हुन्छ । मिस वर्ल्डमा सहभागी भएका एक सय १८ देशका सहभागीलाई विभिन्न समूहमा बाँडेर प्रतियोगिता गरिएको छ ।
हेड टु हेड च्यालेञ्जमा प्रतिस्पर्धा गर्नको लागि श्रृंखला लगायत अरु प्रतिस्पर्धीलाई प्रश्न सोधिएको छ। मिस नेपाल २०१८ की बिजेता खतिवडासँगै अरु प्रतिस्पर्धीलाई ‘तपाईको देशमा अहिलेको जल्दोबल्दो समस्या के हो? र तपाई यसलाई कसरी समाधान गर्नुहुन्छ?’ भनेर प्रश्न सोधिएको थियो।
यो प्रश्नमा श्रृंखलाले भनेकी छन्, ‘हाम्रो देशको जल्दोबल्दो समस्या भनेको बेरोजगारी हो, धेरै युवाहरु रोजगारीको अवसरको लागि बिदेश जान्छन् । मलाई लाग्छ, पर्यटनको माध्यमबाट देशमा रोजगारी सिर्जना गर्न सकिन्छ । पर्यटन हाम्रो देशको शक्ति हो । मलाई विश्वसामु नेपाललाई बिविध सँस्कृति, धर्म, जनजाति भएको देशको रुपमा चिनाउन मन छ।
नेपाली पर्व मनाउन मन पराउन्, रमाउन मन पराउछन् । मलाई विश्वभरका मानिसलाई नेपालमा गर्भसहितको मुस्कानले स्वागत गर्न मन छ।’ श्रृंखलालाई मिस वर्ल्ड २०१८ की बलियो प्रतिस्पर्धीको रुपमा हेरिएको छ ।