Logo
१२ मंसिर २०८१, बुधबार
(November 25, 2018)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

भारत बिहार सरकारको गाडीमा नेपालको उर्जा मन्त्रालयको साइन बोर्ड

काठमाडाैं : नेपाल सरकार उर्जा, जलस्रोत तथा सिचाइ मन्त्रालय अन्तरगत कोशी आयोजनाको सम्पर्क तथा भु-आर्जन कार्यालय विराटनगर कार्यालयले भारतको बिहार राज्यको गाडी चलाउदै आएको पाइएको छ ।

बिहार सरकार लेखिएको बिआर ०१ प ४७४८ (BR 01 PA 4748) नम्बरको गाडी विराटनगरमा संचालनमा रहेको पाइएको छ । प्रदेश १ सरकारका मुख्यमन्त्री शेरधन राईलाई यसबारे सोध्न भनि सम्पर्क गर्न खोज्दा उनीसँग सम्पर्क स्थापित हुन सकेन । तर, यो गाडी अहिले प्रदेश १ सरकारका मन्त्रीहरुले आफू खुशी प्रयोग गर्ने गरेको स्रोतले जनाएको छ ।

कोशी आयोजनालाई बिहार सरकारले दिएको गाडी भनेर विराटनगरमा भारतीय नम्बर प्लेटको गाडी निर्वाध रुपमा हुँइकिने गरेको त्यस क्षेत्रका ट्राफिकको भनाई रहेको छ । नाम उल्लेख नगर्ने सर्तमा उनले भने, नियमित चेकजाँचको क्रममा फेला पर्छ तर, कहिले मन्त्री त कहिले नेताहरु सवार हुने गरेकाले केहि गर्न सकिएको छैन् ।

बिहार सरकार लेखिएको गाडीको नम्बर प्लेट समेत भारतकै रहेको छ तर, नेपालको उर्जा, जलस्रोत तथा सिचाइ मन्त्रालयको बोर्ड टाँसेर गाडी निर्वाध चलिरहेको हो । यता उर्जामन्त्री भने यो गाडीबारे कुनै सोधखोज गर्न लागेका छैनन् बरु उल्टै यस्तो हुन सक्ला र ? भनेर प्रतिप्रश्न गर्ने गर्दछन् ।

प्रदेश १ का मुख्यमन्त्री शेरधन राई समेत मन्त्रीहरुलाई गाडी किन्ने पैसा जोगिएको भन्दै भिहार राज्यको गाडी निर्वाध संचालन गर्न इच्छुक देखिएको मन्त्रालय निकट स्रोत बताउँछन् ।

यसबारे थप बुझ्न नेपालपानाले उर्जा मन्त्रालयमा सम्पर्क गर्यो तर मन्त्रालय स्रोतका अनुसार कुनै जानकारी नभएको भनेर टार्न खोजियो । यद्यपी प्रधानमन्त्री केपी शर्मा आेली भारत भ्रमणमा गएको बेला कोशी आयोजनामा भारतीय पक्षको पल्लाभारी हुने गरि बेचेको समेत गाइगुई हल्ला सुनिने गरेको छ ।

प्रकाशित मिति: Nov 25, 2018

प्रतिक्रिया दिनुहोस्