बंगलादेश र वेस्ट इन्डिजविरुद्धको पहिलो टेस्टमा तेस्रो दिनकाे खेल जारी
एजेन्सी : वेस्ट इन्डिजविरुद्धको पहिलो टेस्टमा तेस्रो दिनकाे खेल जारी रहेकाे छ । बंगलादेशले दिएकाे २ सय ४ रनको लक्ष्य पछ्याउने क्रममा वेस्ट इन्डिजले खराब सुरुवात गरेकाे छ । वेस्ट इन्डिज अहिले ६ विकेटकाे नाेक्सानीमा मात्र ६४ रन बनाएर खेलि रहेकाे छ । जसकालागि हेटमेरले २७ रन बनाउनु बाहेक अन्य दाेहाेराे अङ्क बनाउन सकेका छैनन् ।
३१५–८ को स्थितीबाट दोस्रो दिनको शुरुआत गरेको बंगलादेशले थप ९ रन बनाउँदा बाँकी दुई विकेट गुमायो । त्यसपछि पहिलो इनिङ थालेको वेस्ट इन्डिजले २ सय ४६ रन बनाउँदा सबै विकेट गुमायो । बंगलादेशका नायीम हसनले ५ विकेट तथा साकिब अल हसनले ३ विकेट लिएपछि वेस्ट इन्डिजका कुनै पनि ब्याट्सम्यानले खुलेर खेल्न सकेनन् । शिमरोन हेटमेरले ६३ रन बनाउँदा शेन डरिच ६३ रनमा अविजित रह्यो । वेस्ट इन्डिजको इनिङमा बनेको त्यो नै सबैभन्दा ठुलो स्कोर हो ।
बंगलादेशले दोस्रो इनिङमा सबै विकेट गुमाउँदै मात्र १२५ रन मात्र बनाएकाे छ । पहिलो इनिङमा ७८ रनको अग्रताबाट दोस्रो इनिङ थालेको बंगलादेशका ब्याट्सम्यानले शुक्रबार भने खुलेर खेल्न सकेनन् । वेस्ट इन्डिजका लागि देवेन्द्र विशूले ४ विकेट लिए भने रोस्टोन चेजले ३, जोमेल वारिकन २ तथा गब्रियलले १ विकेट लिएपछि बंगलादेशले दोस्रो इनिङमा मात्र १२५ रन जोड्न सबै विकेट गुमायो ।
पहिलो इनिङमा बंगलादेशका मोमिनुल हकले १ सय २० रन बनाएका थिए भने इमरुल कायसले ४४ रन बनाए । साकिबले ३४, नायीम हसन २६, मेहिदी हसन मिराजले २२ र मोहम्मद मिथुनले २० रन बनाए । तैजुल इस्लाम ३९ रनमा अविजित रहे ।
वेस्ट इन्डिजका शानोन गाब्रियल र जोमेल वारिकनले ४–४ विकेट लिँदा केमर रोच र विशूले १-१ विकेट लिए ।