Logo
२८ पुस २०८१, आईतबार
(November 23, 2018)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

शिख धर्मको संरक्षण गर्नु सबैको दायित्व हो : मुख्यमन्त्री पोखरेल

रुपन्देही : प्रदेश नं ५ का मुख्यमन्त्री शङ्कर पोखरेलले गुरु नानक र शिख धर्मका ऐतिहासिक धार्मिक ग्रन्थ र निधिको संरक्षण गर्नु सबैको दायित्व र कर्तव्य भएको बताए ।

श्री गुरु नानकको ५५०औँ जन्मजयन्तीका अवसरमा आज शुभकामना सन्देश दिँदै उनले काठमाडौँका विभिन्न स्थानमा रहेका प्राचीन गुरु नानक मठमा हस्तलिखित गुरुग्रन्थ रहेका र पूरै भारतका सबै गुरु दरबारमा दर्शनका लागि उपलब्ध हुन नसकेका हस्तलिखित गुरुग्रन्थ काठमाडाँैका मठ मन्दिरमा रहनु गौरवको विषय भएको बताए ।

नेपाल सांस्कृतिक विविधतायुक्त मुलुक रहेको बताउँदै उहाँले धार्मिक र सांस्कृतिक विविधताले रङ्गिएको मुलुकमा सबै धर्मको सम्मान र संस्कृतिको जगेर्ना हुने वातावरण तयार भएको उल्लेख गरे ।

प्रकाशित मिति: Nov 23, 2018

प्रतिक्रिया दिनुहोस्