Logo
४ माघ २०८१, शुक्रबार
(November 22, 2018)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

सरकारको आलोचना गर्दै आफनै पार्टीप्रति गगन थापाको गभ्भिर आरोप

धनगढी : नेपाली कांग्रेसका युवा नेता तथा सांसद गगन थापाले सरकारसँगै आफ्नै पार्टीको आलोचना गरेका छन् । बहुमतको सरकारले जनअपेक्षा अनुसार काम गर्न नसकेको भन्दै वर्तमान केपी ओली नेतृत्वको सरकारको आलोचना गरेका थापाले आफ्नै दल कांग्रेसले पनि सशक्त रुपमा प्रमुख प्रतिपक्षको भूमिका निर्वाह गर्न नसकेको भन्दै पार्टी नेतृत्वको आलोचना गरेका हुन् ।

बिहीबार बिहान प्रेस युनियन कैलालीले धनगढीमा आयोजना गरेको पत्रकार सम्मेलनमा थापाले भने, ‘न सरकारले राम्रो काम गर्‍यो, न त प्रतिपक्षले सरकारलाई राम्रो गर्नका लागि खवरदारी गर्नसक्यो ।’ ‘सरकारले यो गरेर त्यो गरेन भन्दा पनि काग्रेसले सशक्त भूमिका खेल्नसक्नुपथ्र्यो ।’ उनले भने, ‘त्यसमा हामी चुकेकै हौँ । अब सुधारनुपर्छ ।’

उनले पार्टी व्यवस्थापनको अभावमा अस्तव्यस्त भएको भन्दै अव बस्ने महासमिति बैठकले पार्टी भित्र रहेका व्यतिथिलाई हटाउने दाबी समेत गरे । ‘महासमिति बैठकपछि पार्टीमा रहेका व्यतिथि हट्छन् । पार्टीमै नयाँ तरङ्ग ल्याउँछ ।’ उनले भने । उनले महासमिति बैठकपछि पार्टीको अधिवेशनका लागि प्रक्रिया सुरु गर्नुपर्नेमा समेत जोड दिए ।

निर्मला पन्त हत्या प्रकरणको अनुसन्धानमा पनि सरकारले प्रभावकारी रुपमा अनुसन्धन नगरेको र कांग्रेसले पनि उक्त मुद्धालाई उठाउन नसकेको थापाको भनाई थियो । प्रधानमन्त्री केपी शर्मा ओलीले विकाश गर्न चाहिरहेको भएपनि मेसो पाउन नसक्दा सरकार अल्झिरहेको थापाले बताए ।

प्रकाशित मिति: Nov 22, 2018

प्रतिक्रिया दिनुहोस्