Logo
११ मंसिर २०८१, मंगलबार
(November 22, 2018)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

भारतविरुद्धकाे पहिलाे खेलमा अष्ट्रेलियाको रोमाञ्चक जित

अष्ट्रेलियाको ब्रिस्बेनमा भएको भारतविरुद्धको पहिलो टी–२० क्रिकेट प्रतियोगितामा अष्ट्रेलिया चार रनले विजयी भएको छ ।

वर्षाका कारण १७ ओभरमा झारिएको खेलमा टस हारेर ब्याटिङको निम्तो पाएको घरेलु टाेलिले डिअारएसकाे नियमका आधारमा भारतलाई एक सय ७४ रनको लक्ष्य दियो । उसका लागि ग्लेन म्याक्सवेलले ४६, क्रिस लिनले ३७ तथा मार्कस स्टोइनिसले ३३ रन बनाए । यस्तै आरोन फिन्चले २७ रन थपे । बलिङतर्फ भारतका कुलदीप यादवले दुई विकेट लिए ।

जवाफमा भारतले १७ ओभरमा सात विकेट गुमाउँदै एक सय ६९ रन मात्र बनाउन सक्याे । उसका लागि शिखर धवनले सार्वाधिक ७६ तथा दिनेश कार्तिकले ३० र ऋषभ पन्तले २० रन बनाउँदा बाँकी खेलाडी सस्तैमा आउट भए । जितसँगै अष्ट्रेलियाले तीन खेलको शृङ्खलामा एक–शून्यको अग्रता लिएकाे छ ।

प्रकाशित मिति: Nov 22, 2018

प्रतिक्रिया दिनुहोस्