टी–१० लिगमा सन्दीपको उत्कृष्ट सुरुवात
यूएईमा सुरु भएको टी–१० लिग क्रिकेटमा नेपाली युवा बलर सन्दीप लामिछानेले उत्कृष्ट प्रदर्शन गरेका छन् । केरलाबाट खेलेका सन्दीपले आफ्नो २ ओभरमा ३ विकेट हात पारे ।
सन्दीपले आफ्नो पहिलो ओभरमा मात्र १० रन दिएर २ विकेट लिए । उनले ब्यक्तिगत दोस्रो ओभरमा पनि उत्कृष्ट बलिङ गर्दै मात्र सात रन खर्चेर एक विकेट लिए । जसमा उनले मुहम्मद कलीमलाई खाता खोल्न दिएनन् । सन्दीपले कुल २ ओभरमा १७ रन खर्चिएर ३ विकेट लिए ।
जसका कारण पख्तून्सले केरलालाई एक सय १० रनको लक्ष्य दियो । जुन लक्ष्यलाई केरलाले दुई विकेट गुमाउदै पूरा गर्यो । उसको जितमा पउल स्ट्रलिङले ४० रन बनाए भने इयान मोर्गनले ४६ रन बनाए ।
टी–१० क्रिकेट लिगको पहिलो खेलमा नै तीन विकेट लिएर सनसनी मच्चाएका सन्दीप लामिछाने म्यान अफ द म्याच बने । दुई ओभरमा मात्र १७ रन खर्चिएर तीन विकेट लिएका सन्दीप खेलको म्यान अफ द म्याच चुनिएका हुन् ।
उनले तीन जना मुख्य खेलाडीलाई आउट गरेका थिए । खेलमा आफ्नो पहिलो ओभरको पहिलो बलमा नै विकेट लिएका सन्दीपले त्यही ओभरको अन्तिम बलमा पनि विकेट लिएका थिए ।