Logo
४ माघ २०८१, शुक्रबार
(November 22, 2018)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

विप्लवको जनसभामा वैद्यलाई निम्तो, विप्लव नआउने

काठमाडौं : विप्वल नेतृत्वको नेकपाले आगामी मंसिर ८ गते काठमाडौंमा आयोजना गरेको जनसभाको सबै तयारी पुरा भएको जनाएको छ ।

सम्पुर्ण कम्युनिष्ट, वामपन्थी, देशभक्त र लोकतान्त्रिक शक्ति एक होऔँ, वैज्ञानिक समाजवाद स्थापनाका लागि संघर्ष गरौँ मुल नाराका साथ जनसभा गर्न लागेको हो ।

जनसभामा देशभरबाट ५० हजार आउने नेकपाले जनाएको छ । पार्टीका महासचिव नेत्रविक्रम चन्द विप्लव नाआउने सो पार्टीका केन्द्रीय सदस्य चीरण पुनले जानकारी दिए ।, उनले भने — हाम्रो पार्टीले प्रकाण्डज्यु प्रवक्ता प्रमुख वक्ताका रुपमा आउने निर्णय गरिसकेको छ ।

उक्त सभामा बैद्य माओवादीलगायत केही शीर्ष नेतालाईमात्रै निम्तो दिईएको जनसभा प्रचारप्रासर उपसमितिले जनाएको छ । कांग्रेस र नेकपा नेतालाई भने नडाक्ने निर्णय गरेको छ ।

पार्टीले ‘एकीकृत जनक्रान्ति’को कार्यदिशामार्फत वैज्ञानिक समाजवाद हाँसिल गर्ने बताएको छ । त्यसको लागि यही मंसिर ८ गतेबाट साताव्यापी पूनर्गठन दिवस मनाउने पनि घोषणा गरेको छ ।

विप्लव माओवादीले (नेकपा) र कांग्रेसलाई दलाल पुँजीवादका मतियार भएको भन्दै जनता र देशलाई धोका दिएको आरोप लगाएको छ ।

प्रकाशित मिति: Nov 22, 2018

प्रतिक्रिया दिनुहोस्