Logo
४ माघ २०८१, शुक्रबार
(November 21, 2018)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

देउवाले चित्त बुझ्दो काम गर्नुभएन : नेता सिंह

रुपन्देही : नेपाली काङ्ग्रेसका नेता प्रकाशमान सिंहले सभापति शेरबहादुर देउवाले बहुमतको आडमा पार्टीलाई विधान विपरित चलाएको आरोप लगाउनुभएको छ ।

विधान मिच्ने अधिकार कसैलाई नभएको भन्दै उहाँले विधानमा दुई उपसभापति राख्ने व्यवस्था नभएको उल्लेख गर्नुभयो ।
नेपाल प्रेस युनियन रुपन्देहीले आज बुटवलमा आयोजना गरेको पत्रकार भेटघाटमा पूर्वमहामन्त्री समेत रहनुभएका नेता सिंहले बिपी, गणेशमान र कृष्णप्रसाद भट्टराईले सोचेअनुसार वर्तमान पार्टी नेतृत्व जान नसकेको बताउनुभयो ।

अब सबैलाई समेटेर विधान र विधिलाई अवलम्बन गर्ने नेतृत्व काङ्ग्रेसमा आवश्यक रहेको उहाँको भनाई थियो । पूर्वउपप्रधानमन्त्री समेत रहेका नेता सिंहले वर्तमान सरकार सङ्घीयता संस्थागत गर्ने पक्षमा नरहेको आरोपसमेत लगाउनुभयो ।

प्रकाशित मिति: Nov 21, 2018

प्रतिक्रिया दिनुहोस्