Logo
५ माघ २०८१, शनिबार
(November 21, 2018)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

मन्त्री बीना मगरको छुद्रतामाथि सर्वगिय प्रकाशकी पहिलो पत्नी प्रभाको कुटनीतिक प्रहार

काठमाडाैं : गत मंसिर ३ गते सम्पन्न प्रचण्ड-पुत्र प्रकाश दाहलको प्रथम पूण्यतिथिमा तत्कालीन खानेपानीमन्त्री बीना मगर र प्रकाशकी अर्की पत्नी सिर्जना त्रिपाठीबीच भएको केहि असामान्य व्यबहारबारे चर्चा चुलिएको छ । प्रकाशकी पहिलो पत्नी तथा तत्कालीन माआेवादीका शालिन नेता स्व. पोष्टबहादुर बोगटीकी छोरी प्रभा बोगटीले कडा टिप्पणी गरेकी छन् ।

प्रकाशको पहिलो स्मृति सभामा मन्त्री बीनाले अर्की पत्नी सिर्जनालाई अपमान गरेको समचार बाहिरीएपछि पहिलो पत्नी प्रभा बोगटीले आफ्नो फेसबुकमा स्टाटस लेखेर ‘गल्तीमाथि गल्ती नगर’ भन्दै सचेत गराएकी छन् । तर उनले स्टाट्मा कसैको नाम भने लेखेकी छैनन ।

कमजोरी आफ्नामा पनि हन्छ भन्ने कुरा बुझे मात्र सहि निष्कर्ष निकाल्न सकिन्छ भन्दै घुमाउरो अर्थमा प्रभाले बीना मगरलाई बाण हानेकी छन् । स्मृति सभामा प्रकाश पत्नी बीना र उनका दिदिहरु गंगा र भरतपुर महानगपालिकाकी मेयर रेणु सँगै बसेका थिए । तर, सिर्जना भने पछिल्लो साइडको कुनामा बसेकी थिइन् । यसै क्रममा मन्त्री बीनाले यहाँ किन आउनु भएको भनेर भनेपछि घटनाक्रम सतहमा आएको हो ।

प्रभा र प्रकाशबीच शारिरिक सम्बन्ध नभएको र भाैतिक रुपमा मात्र नाता जोडिएकाले हामी खुशी राजीका साथ छुट्टिन चाहन्छाैं भनेर पार्टीमा निवेदन हालेपछि पार्टीकै निर्णयमा उनीहरु छुटेका थिए । मिडियाकर्मी समेत रहेकी प्रभा शालिन तथा बाैद्धिक रहेको उनी निकटका मानिसहरु बताउँछन् ।

प्रकाशित मिति: Nov 21, 2018

प्रतिक्रिया दिनुहोस्