Logo
३ मंसिर २०८१, सोमबार
(November 20, 2018)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

२१ नोभेम्बरमा दीपिका-रणवीरको रिसेप्शन पार्टी : मुम्बई एयरपोर्टबाट दुवैजना बैंङ्गलोर प्रस्थान

नवविवाहित जोडी दीपिका पादुकोण र रणवीर सिंह इटलीमा विवाहपछि अब रिसेप्शन पार्टीका लागि बैङ्गलोर प्रस्थान भएका छन् ।मंगलबार दुवैजना मुम्बई एयरपोर्टबाट मुंबई एयरपोर्ट बैंङ्गलोर प्रस्थान गरेका हुन् ।

बैंङ्गलोरमा २१ नोभेम्बरमा उनीहरुले रिसेप्शन पार्टीको आयोजना गर्नेछन् । एयरपोर्टमा रणवीर र दीपिका दुवै व्हाइट कलरको लुगामा देखिए । दीपिकाले मंगलसुत्र र चुरा लगाएकी थिइन् । रणवीर सिंहले चश्मा लगाएका थिए ।

व्हाइट कलरको कुर्ता पायजामा उनले प्रिन्टेड ज्याकेट लगाएका थिए । दीपिका पादुकोण र रणवीर सिंहको विवाह नोभेम्बर १४ १५ मा इटालीमा भएको थियो । इटालीमा उनीहरुले गरेको विवाहमा विवाद खडा भएको छ ।

खबरका अनुसार विवाहमा आनन्द कारजका लागि गुरु ग्रन्थलाई होटेल लगेको भन्दै इटालीको सिख समुदाय रुष्ट भएको छ । आनन्द कारजका लागि जोडीले नै गुरुद्वारा जानुपर्ने हुन्छ ।

रणवीर सिंह र दीपिका पादुकोणको विवाहका लागि गुरु ग्रन्थ इटालीको होटलमा लगिएको थियो । टाइम्स अफ इण्डियाको खबर अनुसार इटालीको सिख अर्गनाइजेशनले यो मुद्दालाई उठाएका छन् र उनीहरु दीपिका रणवीरप्रति रुष्ट छन् ।

प्रकाशित मिति: Nov 20, 2018

प्रतिक्रिया दिनुहोस्