प्राकृतिक ढंगले दीर्घकालिन रुपमा रोगमुक्तिका लागि प्राचिन उपचार विधी अर्थात ‘पञ्चकर्म उपचार’
उपचारका विभिन्न पद्धती प्रचलनमा छन् । वर्तमान समाजमा एलोपेथिक उपचारलाई छिटो, छरितो मानिन्छ । यस अन्र्तगत अधिकांश रोगको निदान औषधी, शल्यक्रिय आदिबाट खोजिन्छ । हामीसँग प्राचिन उपचार विधी पनि छ, जो प्राकृतिक ढंगले अपनाइन्छ । यस्ता विधीबाट एलोपेथिक जस्तो छिटो र छरितो नतिजा प्राप्त हुँदैन । यद्यपी यसले प्राकृतिक ढंगले दीर्घकालिन रुपमा हामीलाई रोगमुक्त गराउँछ । त्यसैले कतिपय शारीरिक समस्याको निदान प्राकृतिक विधीबाट खोज्ने गरिन्छ । यस्तै विधीमध्येको एक हो, पञ्चकर्म ।
के हो पञ्चकर्म ?
पञ्चकर्म आयुर्वेदको एक महत्वपूर्ण उपचार पद्धति हो । पञ्चकर्म पाँच विभिन्न चिकित्सा पद्धतिको समिश्रण हो । यस उपचार पद्धतिको प्रयोग शरीरलाई रोगबाट मुक्त गर्न तथा शुद्धिकरण गर्नका लागि अपनाइन्छ ।
आयुर्वेदका अनुसार असन्तुलित दोषले शरीरमा विषाक्तताको उत्पादन गर्छ, जसलाई ‘अम’ भनिन्छ । अम दुर्गन्धयुक्त, चिल्लो तथा हानीकारक पदार्थ हो, जसलाई शरीरबाट छिटो भन्दा छिटो निकाल्न जरुरी छ ।
‘अम’लाई निर्माण हुनबाट रोक्नका लागि आयुर्वेद साहित्य व्यक्तिलाई उचित आहार, उपयुक्त जीवनशैलीका साथमा नियमित व्यायाम गर्न तथा पञ्चकर्म लागू गर्न सल्लाह दिने गर्छ ।
पञ्चकर्म एक सामान्य प्रक्रिया
आयुर्वेद अनुसार पञ्चकर्म एक सामान्य प्रक्रिया हो । यो ‘शोदन’ नामक शुद्धिकरण प्रप्रक्रियासँग सम्बन्धि चिकित्सा पद्धतिको एउटा भाग हो । पञ्चकर्मको पाँचवटा चिकित्सा पद्धति छ, वमन, विरेचन, नास्य, वस्ती तथा रक्तमोक्षण । यसले शरीरका विषाक्तलाई हटाउने क्रममा शरीर भित्रको जीवविष पैदा गर्न सक्ने तनाव तथा रोगलाई कम गर्नमा मद्दत गर्छ ।
शरीरलाई दोषबाट मुक्त गर्छ । साथै, स्वेद ग्रन्थी, मुत्र मार्ग, आन्द्रा आदि अपशिष्ट पदार्थलाई उत्सर्जित गर्ने मार्गको माध्यमद्धारा शरीरबाट ‘अम’को सफाई गर्छ ।
त्यसैले, पञ्चकर्म एक सन्तुलित कार्य प्रणाली हो । यसमा नियमित मालिश समावेश छ, जसले शरीरलाई आराम दिलाउँछ । हाम्रो मन तथा शरीरलाई स्वस्थ राख्न आयुर्वेद पञ्चकर्मद्धारा बेलाबेलामा उपचार गर्न सल्लाह दिन्छ ।
शुद्धिकरणको वास्तविक कार्य प्रणाली सुरु हुनु पहिले शरीरबाट जीवविष निकाल्नु पहिले शरीरलाई विभिन्न तरीकाले तयार पार्न जरुरी छ । यसको लागि दुई प्रक्रिया जरुरी छ, स्रेहन र स्वेदन ।
स्रेहन एक प्रकारको तेल मालिस हो । यसमा एक विशेष प्रकारको मालिसद्धारा पूरा शरीरमा तेलको मालिस गरिन्छ । तेल मालिसले शरीरको प्रत्येक कोषिकालाई नरम तथा लचिलो बनाउन सहयोग पुर्याई तनाव कम गर्न तथा शरीरको तन्त्रिका तन्त्रलाई पोषण प्रदान गर्न सहयोग गर्छ ।
जबकी स्वेदनले पसिना निकाल्छ । र , यो स्रेहन लगत्तै गरिन्छ ।
स्वेदनले जीनविषलाई पगालेर र जठरात्र पथमा जीवविषको गतिलाई बढाउँछ । स्रेहन तथा स्वेदन पश्चात विषदोष हट्छ । पञ्जकर्म एक व्यक्तिकृत उपचार हो । एक विशेष पञ्चकर्म विधि जुन व्यक्तिको बनावट तथा विकारका आधारमा दिइने गरिन्छ । यो व्यक्तिको शरीरको पैकार, दोष असन्तुलन तथा आवश्यकमा निर्भर गर्छ । यसमा सामान्यतया पाँच चिकित्साका केही भाग मात्र आवश्यक हुन्छ ।
पाँच विभिन्न चिकित्सा :
वमन (उपचारात्मक उल्टी)
यस उपचारको प्रयोग फोक्सो खुम्चने समस्या भएमा दिइने गरिन्छ । जसका कारण बारबार स्वास नलीमा अवरोध हुने, खोकी लाग्ने तथा दमको समस्या हुने गर्छ । यो औषधीयुक्त उल्टी चिकित्सा हो जसले शरीर तथा स्वासनलीमा एकत्रित कफलाई हटाउन मद्दत गर्छ । यो त्यस्ता व्यक्तिलाई दिइन्छ, जसमा उच्च कफको समस्या हुन्छ । यस चिकित्साको उद्देश्य कफबाट छुटकारा पाउनका लागि उल्टी गराउनु हो ।
मुलैठी तथा महबाट बनेको एक पेयको चिया रोगीलाई दिइने गरिन्छ । र, जिब्रो रगडेर उल्टीका लागि प्ररित गरिन्छ । जसमा व्यक्तिलाई चार देखि आठ पटकसम्म उल्टी गराइन्छ । र, उल्टी पश्चात्त व्यक्तिले आराम महसुस गर्दछ । शिरानालको सफाईका साथ अधिकांश संकुलता, स्वाँ-स्वाँ तथा श्विासहीनता गायब हुने गर्छ ।
उपचारात्मक उल्टीको प्रयोग खोकी, चिसो, दम, ज्वरो, वाकवाकी, भोकको कमी , रक्तहीनता, विषाक्तता, चर्म रोग, मधुमेह, लसीका अवरोध, अर्जीण, सुन्निने समस्या , छारे रोग, टाउको दुख्ने समस्या, छाला रोग, ग्यास्टि्रक, मोटोपना तथा मनोवैज्ञानिक विकार लगायतमा गरिन्छ ।
उल्टी पश्चात्त व्यक्तिलाई विश्राम, निराहार तथा , मूत्र त्याग, मलत्याग, वायु विकार, रुघाखोकीको नदवाव सल्लाह दिइने गरिन्छ ।
यो प्रकृयालाई सही तरीकाले प्रयोग गर्न सकेमा व्यक्तिलाई आराम महसुस हुन्छ । सजिलै सास लिन सक्छ, छाती हल्का भएको महसुस हुन्छ । स्वच्छ विचार, स्पष्ट आवाज हुनुका साथ भोक लाग्छ ।
विरेचन (परिष्करण चिकित्सा)
जब पित्ताशय, यकृत तथा सानो आन्द्राबाट अत्याधिक पित्त स्रावित हुन्छ, तब यसका कारण छाला पोल्ने, पहेलोपना हुने, पित्तका कारण उल्टी हुने लगायतका समस्या हुने गर्छ । विरेचन एक औषधीयुक्त परिष्करण चिकित्सा हो, जसले शरीरबाट पित्त विषजीवन हटाएर रक्त विषजीवको शुद्धिकरण गर्छ ।
विरुेचन सेतो ग्रन्थी, सानो आन्द्रा, मलाशय, पेट, यकृत तथा प्लीहाको शोधन गर्छ । विभिन्न उत्कृष्ट जडिबुटी विरेचन औषधीको सुरुमा प्रयोग हुन्छ । यिनमा रंगलता, आलुबखडा,चोक्कर, आलसीको धुलो, गाईको दूध, नुन, किशमिश आदी समावेश छन् । यस्ता विरेचन औषधीको प्रयोग गर्दा सिमित आहारको सेवन गर्नुपर्छ ।
विरेचन विशेषगरी, मधुमेह, दम, चर्म रोग, पक्षघात, जोर्नीकेा समस्या, पाचन सम्बन्धि समस्या, उच्च अम्लियता, सेतो कुष्ठरोग, छाला रोग, टाउको दुख्ने समस्या, क्यान्सर, बाथ रोग, पहेलोपना लगायतको समस्या नष्ट गर्न सहायता प्रदान गर्छ । यस चिकित्साले अत्याधिक पित्तको समस्याको पूर्णरुपमा उपचार गर्छ । जब विरेचनको प्रयोग गरिन्छ, तब विरामीले यस्तो खानेकुरा सेवन गर्नु हुँदैन, जसले शरीरको फ्लुडलाई असन्तुलित बनाउँछ ।
वस्ती ( एनिमा)
वस्ती (एनिमा) सबै पञ्चकर्म उपचारको जननी हो । किनकी यसले तीन वटै दोष वात, पित्त तथा कफद्धारा एकत्रित जीवविषलाई मलाशयद्वारा बाहिर निकाल्छ । औषधीयुक्त एनिमाको प्रयोग विशेष समस्यामा गरिन्छ । सामान्यतया, यस उपचारको प्रयोग कब्जियतको समस्या हटाउनका लागि गरिन्छ । आयुर्वेदमा सुचीवद्ध लगतभग सय विशेष एनिमा छ ।
वस्तिकर्म अन्तर्गत औषधीयुक्त पदार्थ तिलको तेल, पिच्छाक्षको तेल वा अन्य जडीवुटीयुक्त काढालाई फ्लडको रुपमा मलाशयमा प्रयोग गर्नु पर्छ । यो वस्ति वात विकारको सबैभन्दा प्रभावकारी उपचार हो ।
यसले सुन्निने समस्या, साधारण ज्वरो, यौन रोग, मिर्गौलाको पथ्थरी, मुटुको समस्या उल्टी , ढाडको समस्या, गर्दनको दुखाई , उच्च अम्लियपना, आंशिक पक्षघात, कबिजयत, पाचन सम्बन्धि समस्या मोटोपना, पाइल्स तथा जोर्नीको दुखाई कम गर्न मद्दत गर्छ ।
त्यसबाहेक, वात विकार जस्तै, बाथ रोग, मांसपेशीमा ऐठन, टाउको दुख्ने समस्याको उपचार गर्न पनि वस्ती उपचार प्रभावकारी मानिन्छ ।
आर्युर्वेदमा वात सम्बन्धि आठ सय विकार छन् । त्यसमध्य करिब ८० प्रतिशत उपचार औषधीयुक्त एनीमा को प्रयोगद्धारा गर्न सकिन्छ । वात मुख्यतया ठूला आन्द्रामा हुन्छ । तयसबाहेक, बोनम्यारो टिस्यूमा पनि हुने गर्छ । त्यसैले, मलाशयद्धारा प्रयोग गरिएको औषधीले बोनम्यारो टिस्यूलाई प्रभावित पार्छ ।
नास्य (नाकको सफाई)
नाक मस्तिष्क तथा चेतनाका द्धार मार्ग हो । नाकद्धारा प्रयोग गरिने औषधीलाई नास्य भनिन्छ । जीवन शक्ति, सासको माध्यमद्धारा शरीरमा प्रवेश गर्छ । प्राण मस्तिष्कमा रहन्छ । प्राणले मानसिक क्रियाकलाप, स्मरण, ध्यान तथा वौद्धिक क्रियालाई पनि सञ्चालन गर्छ ।
असन्तुलित प्राण यी सबै क्रियामा अपूर्ण कार्य उत्पन्न गर्छ तथा सिरदर्द, ऐठन, स्मरणहीनतामा रुकावट पैदा गर्छ ।
नास्य अन्तर्गत टाउको तथा गर्दन वरिपरि जमेको कफ जीवविषलाई सफा गर्न औषधीयुक्त तेललाई नाक हालिन्छ । त्यसपछि उमालेको पानीमा भिजाएको औषधीयुक्त जडिबुटीबाट निकालेको बाफ लिइन्छ । यो उपचार पद्धति व्यक्तिको समस्या अनुसार फरक पर्छ । यस उपचार पद्धति सास सम्बन्धि समस्याका लागि पनि फाइदाजनक मानिन्छ । नास्यद्धारा श्वास नलीमा अवरुद्ध समस्याबाट राहत पाउन सकिन्छ ।
रक्तमोक्षण (रक्त बग्ने दिने)
रगतमा अवशोषित जीवविषलाई बाहिर निकाल्नको लागि रक्तमोक्षण चिकित्साको प्रयोग हुने गर्दछ । जठरात्र पथमा मौजुद विष रगतमा अवशोषित हुन्छ, र सम्पूर्ण शरीरमा परिसंरचन हुन्छ । बारम्बार हुने संक्रमण , तनाव तथा अन्य स्थितिको यो एक मुख्य कारण हो । यस अन्तर्गत पिम्पल्स, सेता कुष्ठ रोग, छाला चिलाउने लगायतका समस्या पर्दछ । यस परिस्थितिमा अन्य औषधीका साथै, जीवन विषयको निष्कासन तथा रगतको शुद्धिकरण आवश्यक छ । यो विधि गठिया रोगको लागि समेत लाभदायक मानिन्छ ।
यकृतमा रातो रक्त कोषिकाद्धारा पित्त तयार हुन्छ। पत्त तथा रगतको एक घनिष्ठ सम्बन्ध हुन्छ । रक्तमोक्षण प्रकृयाले रगतको शुद्धिकरण गर्छ । यसको माध्यमद्धारा प्रतिरोधी क्षमता समेत मजबुत हुने गर्छ । साथै, जीवविषलाई निष्प्रभावित गरेर रगत सम्बन्धि समस्याको उपचार हुने गर्छ ।
चिनी, नुन, दही, अमिलो खाद्यान्न लगायत मदिरा रगतको लागि जीवविष मानिन्छ । रगत सम्बन्धि केही रोगबाट मुक्त हुन तथा रगतको शुद्धिकरणका लागि यी पदार्थबाट परहेज जरुरी छ ।
रक्तमोक्षण प्रकृया रगत सफा गर्न तथा सामान्य अवस्थाका लागि मात्रै प्रयोग गरिन्छ । सामान्य पञ्चकर्मको दौरान यसको सल्लाह दिइदैन । अधिकांश आयुर्वेद केन्द्रमा रगतको सफाईमा संक्रमणकको जोखिमका कारण रक्तमोक्षण प्रकृया अपनाइँदैन । योग पाठ्यक्रममा यसलाई पञ्चकर्ममा पनि समावेश गरिदैन ।