Logo
३ मंसिर २०८१, सोमबार
(November 20, 2018)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

पप्पु कन्स्ट्रक्सनलाई थप समस्या : नयाँ ठेक्का नदिन सार्वजनिक खरिद कार्यालयको निर्देशन

काठमाडाैं : देशको विभिन्न क्षेत्रमा निर्माण आयोजनाको जिम्मा लिएको पप्पु कन्स्ट्रक्सनलाई तत्काल नयाँ ठेक्का नदिन सार्वजनिक खरिद अनुगमन कार्यालयले निर्देशन दिएको छ ।

सार्वजनिक सुचना जारी गर्दै कार्यालयले पप्पलाई नयाँ ठेक्का नदिन भनेको हो । सिक्टा सिंचाइ आयोजना बाँकेले कोस्टल पप्पु जेभी तीनकुनेलाई कालो सूचीमा राख्न भन्दै कात्तिक २६ गते सार्वजनिक खरिद अनुगमन कार्यालयलाई पत्र लेखेको थियो ।

सो पत्रको अध्ययनले पप्पुलाई थप ठेक्का दिँदा हानी हुने भन्दै तत्काल नदिन कार्यालयले निर्देशन दिएको हो । पप्पुको कामले देश विकासमा बाधा पुग्ने र जनताको जीवनस्तरमा नै असर पर्ने निर्णय कात्तिक ३० गते अनुगमन कार्यालयले गरेको थियो ।

सोही निर्णअनुसार पप्पुलाई सार्वजनकि खरिद नियमावली २०६४ को नियम १४१ को उपनियम २ बमोजिमको सो निर्माण व्यवसायीको कालोसूची सम्बन्धी कारबाही प्रक्रिया टुङ्गो नलागेसम्म खरिदकार्यमा सहभागी नगराउन सार्वजनिक खरिद अनुगमन कार्यालयले भनेको छ ।

पछिल्लो समय नेपाल राष्ट्र बैंकको भवन निर्माणमा प्रस्ताव हालेको पप्पुको ठेक्काको विषय पनि विवादित बनेको छ ।

प्रकाशित मिति: Nov 20, 2018

प्रतिक्रिया दिनुहोस्