उद्योगमन्त्री मातृका यादव असफल, कृषिमन्त्री भन्छन्, म सहित सरकारका पाँच मन्त्री सफल
काठमाडाैं : कृषिविकास तथा पशुपन्छी मन्त्री चक्रपाणि खनाल ‘बलदेव’ ले वर्तमान सरकारको ९ महिने कार्यकाल सफल भएको दाबी गरेका छन् । उनले आफूसहित पाँच जना मन्त्री अत्यन्ते सफल भएको भन्दै गृहमन्त्री रामबहादुर थापा ‘बादल’, संस्कृति, पर्यटन तथा नागरिक उड्ययनमन्त्री रवीन्द्र अधिकारी, उर्जामन्त्री वर्षमान पुन, अर्थमन्त्री डा. युवराज खतिवडाको काम प्रशंसनिय भएको ठोकुवा गरेका हुन् ।
एक टेलिभिजन कार्यक्रममा अन्तरवार्ता दिदै मन्त्री खनालले सरकारको कार्यकाल सफल हुनुका साथै आफू सरकारको सफल मन्त्री भएको दावी गरेका छन् ।
तर, उनले आफ्नो कार्यक्षेत्र मिचेको भन्दै केहि समय विवादीत बनेका उद्योग मन्त्री मातृका प्रसाद यादवको भने नाम लिनै चाहेनन् । खनालले मन्त्री यादवको नाम लिष्टमा किन पारेनन् भन्ने नेपालपानाको जिज्ञासामा मन्त्रालय स्रोतले भन्यो, कालिमाटी तरकारी बजार अनुगमनको विषयलाई लिएर अत्यन्तै रुष्ट बनेको कारण यसबारे बोल्न मन्त्री ज्यू रुचाउनुहुन्न ।