Logo
५ माघ २०८१, शनिबार
(November 4, 2018)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

राप्रपा एकता : पशुपतिशम्शेर जबरालाई निर्णय लिने अधिकार

काठमाडौँ : राष्ट्रिय प्रजातन्त्र पार्टी (प्रजातान्त्रिक) को केन्द्रीय कार्यसम्पादन समितिको आज बसेको बैठकले समान विचार र सिद्धान्त भएका दलसँग एकताका लागि आवश्यक निर्णय लिने सम्पूर्ण अधिकार अध्यक्ष पशुपतिशम्शेर जबरालाई दिएको छ ।

चाबहिलस्थित पार्टी केन्द्रीय कार्यालयमा आज बसेको उक्त बैठकमा अध्यक्ष राणाले राष्ट्रिय प्रजातन्त्र पार्टीलगायत अन्य दलसँग एकताका लागि अहिलेसम्म भइरहेका अनौपचारिक छलफलबारे जानकारी दिनुभएको महामन्त्री राजाराम श्रेष्ठले जानकारी दिनुभयो । उक्त पार्टीले पछिल्लो समय कमल थापा नेतृत्वको राप्रपा र डा प्रकाशचन्द्र लोहनी नेतृत्वको एकीकृत राप्रपा(राष्ट्रवादी) सँग एकता गर्नका लागि समन्वय र सहकार्य गर्दै आएको छ ।

यसैबीच पार्टीको काठमाडौँ जिल्ला समितिले बडादशँै, तिहार, नेपाल संवत, छठलगायत पर्वका सन्दर्भमा आज आयोजना गरेको चियापान कार्यक्रममा अध्यक्ष राणाले अहिले चाडबाडका समयमा दैनिक जीवनमा जनतालाई प्रभाव पार्ने उपभोग्य वस्तुको बजारमा अभाव हुन नदिन तथा कालाबजारीले गरिरहेको जथाभावी मूल्य वृद्धि नियन्त्रण गर्न सरकारले विशेष नियमन र अनुगमन गर्नुपर्नेमा जोड दिनुभयो ।

राप्रपाका उपाध्यक्ष दिलविकास राजभण्डारीले सबै जाति तथा समुदायका संस्कृति र परम्पराले समाजिक एकता तथा सद्भाव कायम गर्ने विश्वास व्यक्त गर्नुभयो ।

प्रकाशित मिति: Nov 4, 2018

प्रतिक्रिया दिनुहोस्