भारतसहित १० नियोगका लागि राजदुत सिफारिस गरिदै
काठमाडौं : भारतसहित १० कुटनीतिक नियोगका लागि सरकरले चाँडै राजदुत सिफारिस गर्ने भएको छ ।
रिक्त रहेका चार र चाँडै रिक्त हुन लागेका ६ कुटनीतिक नियोगमा कात्तिकभित्रै राजदुतका लागि सिफारिस गर्ने सरकारले तयारी गरेको हो ।
हाल भारत, न्युयोर्कस्थित संयुक्त राष्ट्रसघीय स्थायी नियोग, मलेसिया र युनाइटेड अरब इमिरेट्समा राजदुत खाली छन् । थप पाँच मुलुक र जेनेभास्थित स्थायी नियोगमा राजदुतको म्याद सकिँदै छ ।
परराष्ट्रमन्त्री प्रदीप ज्ञवाली आगामी २ मसिरमा जापान भ्रमणमा जानुअघि नै राजदुत सिफरिसका लागि गृहकार्य भईरहेको स्रोतले बतायो ।