पुँजीगत खर्च बढाउन सरकार असफल, गतवर्षको तुलनामा खर्च निराशाजनक
काठमाडौं : चालू आर्थिक वर्ष (आव) २०७५/७६ को पछिल्लो दुई महिनामा पुँजीगत खर्च बढाउन सरकार असफल देखिएको छ ।
नेपाल राष्ट्र बैंकले हालै जारी गरेको एक तथ्याङ्कले गत वर्षको तुलनामा भन्दा चालू अवधिमा पुँजिगत खर्च निराशाजनक भएको छ ।
चालू आवको समीक्षा अवधिमा पुँजीगत खर्च रु.४ अर्ब १४ करोड भएको छ । तर अघिल्लो वर्षको सोही अवधिमा यस्तो खर्च रु.१ अर्ब ५५ करोड भएको थियो । नयाँ संविधान जारी पछि जेठ १५ मै विकास खर्चबढाउने भन्दै बजेट ल्याइएपनि यसबाट कुनै सुधार नभएको प्रष्ट देखिन्छ ।
त्यस्तै, २०७५ भदौ मसान्तमा सरकारी ढुकुटीमा रु.२०१ अर्ब ४५ करोड नगद मौज्दात कायम रहेको राष्ट्र बैकले जनाएको छ ।
चालू आवकोको दुई महिनामा नगद प्रवाहमा आधारित नेपाल सरकारको बजेट भने रु.५५ अर्ब ९३ करोडले बचतमा रहेको छ ।
अघिल्लो वर्षको सोही अवधिमा यस्तो बचत रु.१९ अर्ब १८ करोड रहेको थियो । नगद प्रवाहमा आधारित कुल सरकारी खर्च रु.६६ अर्ब ३३ करोड पुगेको छ ।
अघिल्लो वर्षको सोही अवधिमा यस्तो खर्च रु.७२ अर्ब ३८ करोड रहेको थियो । चालू खर्च रु.६१ अर्ब ५१ करोड पुगेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो खर्च रु.७० अर्ब २६ करोड रहेको थियो ।
समीक्षा अवधिमा नेपाल सरकारको कुल राजस्व सङ्कलन ३४.३ प्रतिशतले वृद्धि भई रु.११९ अर्ब २० करोड पुगेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो राजस्व १०.३ प्रतिशतले वृद्धि भई रु.८८ अर्ब ७९ करोड पुगेको थियो ।