Logo
२ मंसिर २०८१, आईतबार
(October 28, 2018)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

अरिङ्गालले टोकेर घाइते भएका बिरामीको उद्दारमा कांग्रेस नेताले प्रभुको हेलिकप्टर लिएर पुगेपछि…

रामेछाप : अरिङ्गालले टोकेर घाइते भएका तीन जना बिरामीलाई नेपाली कांग्रेसका नेता तथा प्रतिनिधिसभा सदस्यका उम्मेदवार पूर्णबहादुर तामाङ (कान्छाराम) ले हेलिकप्टरबाट उद्दार गरेका छन् ।

आफ्ना मतदाता तथा जनताको सेवामा सधैं लागिरहने नेता कान्छारामले दुर्घटनाको खवर पाउनासाथ प्रभु हेलिकप्टर चार्टर गरेर त्यसतर्फ पुगेका थिए ।

रामेछाप जिल्लाको उमाकुण्ड गाउँपालिका ४ प्रिति बस्ने एकै घरका तीन जनालाई आइतबार बिहान घर नजिकै अरिङ्गालले टोकेको थियो । घर नजिकै वारीमा घाँस काट्न थालेकी सासु वुहारी र नातिनी अरिङ्गालको टोकाईवाट घाइते भएका हुन् ।

घाईते हुनेमा ५० बर्षिया सासु जित माया कार्की, २६ बर्षिय बुहारी कमला कार्की र ७ बर्षिया नातिनी जेडिषा कार्की रहेका छन् । तीनै जनालाई उपचारको लागि काठमाण्डौको केएमसी अस्पतालमा भर्ना गरिएको छ ।

 

प्रकाशित मिति: Oct 28, 2018

प्रतिक्रिया दिनुहोस्