Logo
४ माघ २०८१, शुक्रबार
(October 24, 2018)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

पार्टी एकताबारे छलफल गर्न नेकपा सचिवालय बैठक बालुवाटारमा दिउँसो ३ बजे बस्दै

काठमाडौं : पार्टीको तल्लो तह एकताबारे छलफल गर्न नेकपा सचिवालय बैठक आज पनि बस्दैछ ।

बैठक प्रधानमन्त्री निवास बालुवाटारमा दिउँसो ३ बजे बस्ने बताइएको छ । बैठकमा पार्टी एकता, जिम्मेवारी बाँडफाँट, सरकारको कामकारबाही लगायतका विषयमा छलफल हुने नेताहरुले बताएका छन् । यसअघि सचिवालय बैठक पटक–पटक बसे पनि पार्टी एकताबारे निर्णय हुन सकेको छैन ।

तत्कालीन एमाले र माओवादी केन्द्रबीच एकता भएर नेकपा बनेको लामो समय भइसक्दा पनि तल्लो तह र जनसंगठनहरू एकता हुन नसक्दा कार्यकर्ताहरूमा निराशा बढ्दै गएको छ ।

नेकपाले प्रदेश इञ्चार्ज, अध्यक्ष र सचिवको जिम्मेवारी भने तोकिसकेको छ। तर यसमा पनि वरिष्ठ नेता माधवकुमार नेपाल र प्रवक्ता नारायणकाजी श्रेष्ठले असहमति दर्ज गराएका छन् ।

बुधबारको बैठकले पार्टीमा देखिएको असहमतिका विषयमा गम्भीर छलफल गर्ने अपेक्षा गरिएको छ । छठ पर्व सम्ममा पार्टी एकता टुंग्याएर देशव्यापी अभियान थाल्ने नेकपाको तयारी छ ।

प्रकाशित मिति: Oct 24, 2018

प्रतिक्रिया दिनुहोस्