Logo
४ माघ २०८१, शुक्रबार
(October 24, 2018)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

प्रधानमन्त्री ओलीको नयाँ घोषणा, ‘अब घर-घरमा ग्याँसपाइप होइन, चुलो-चुलोमा बिजुलीको तार’

काठमाडौं : प्रधानमन्त्री केपी शर्मा ओलीले नयाँ घोषणा गरेका छन् । पहिलो पटक प्रधानमन्त्री भएको बेला घरघरमा पाइपबाट ग्यास पुर्योउने भनेका प्रधानमन्त्री ओलीले मंगलबार बिजुलीबाट चल्ले बस उद्घाटन गर्दे नयाँ घोषणा गरेका हुन् ।

उनले अब घरघरमा पाइपबाट ग्यास नभइ घरघरमा बिजुलीका तार र्पुयाउने र आयातीत इन्धनको साटो आफ्नै देशमा उत्पादन हुने बिजुली प्रयोग गर्ने घोषणा गरेका छन् । मंगलबार ललितपुरको पुल्चोकस्थित हरिहर भवनमा आयोजित विद्युतीय बसको शुभारम्भ गर्दे उनले तीन वर्षको अघि घोषणाबाट पछि हटेका हुन् ।

‘मैले त्यो बेला ग्यासको पाइप चुलामा भन्ने भाषण गर्दा खुब चर्चा चल्यो, अब ग्यासको पाइप होइन, छिटै नै हामी चुलो चुलोमा बिजुलीका तार भन्ने युगतिर जाँदैछौं ।’, कार्यक्रममा प्रधानमन्त्री ओलीले भने ‘संसार छिटो छिटो बगेको छ, हामीले पनि ३ वर्षमा योजना बदलेर ग्यास पाइप चुलोमा होइन बिजुलीको तार चुलोमा र्पुयाउने हो, केही मान्छेलाई फेरि पनि अनौठो लाग्न सक्छ , तर दुनियाँ बदलिरहेको छ ।’

उनले प्रधानमन्त्री ओलीले अब छरिएर रहेका बस्तीलाई सामूहिक बस्तीमा रुपान्तरण गर्ने र विद्युतीकरण मार्फत घरयासी कामकाजमा समेत विद्युतीय सामग्रीकै प्रयोग बढाउने बताए ।

लुम्बिनी विकास कोषका पाँच वटा विद्युतीय बसहरु साझा यातायातको व्यवस्थापनमा काठमाडौं उपत्यकामा सञ्चालन हुनेछ ।

प्रकाशित मिति: Oct 23, 2018

प्रतिक्रिया दिनुहोस्