Logo
५ माघ २०८१, शनिबार
(October 10, 2018)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

बंगलादेशी पूर्व प्रधानमन्त्री खालिदाको छोरा दोषी करार, गृह राज्यमन्त्रीलाई मृत्युदण्ड

प्रधानमन्त्री शेख हसीनाको चुनावी र्यालीमा ग्रिनेड हमलाको मामिलामा बंगलादेशको अदालतले बुधबार फैसला सुनाएको छ । यसमा मामिलामा पूर्व प्रधानमन्त्री खालिदा जियाको छोरा तारिक रहमान समेत ३८ जनालाई दोषी करार गरिएको छ । अदालतले १९ जनालाई उम्रकैदको सजाय सुनाएको छ भने बाँकी १९ जनालाई मृत्युदण्डको सजाय सुनाइएको छ । मृत्युदण्डको सजाय पाउनेमा पूर्व गृह राज्यमन्त्री लत्फोजमान बाबर पनि सामेल छन् ।

तारिक रहमान भने हाल लन्डनमा रहेका छन् । यसअघि नै बेलायती अधिकारीले उनको बारेमा बंगलादेशलाई जानकारी दिन अस्वीकार गरिसकेको छ । यस्तोमा अदालतले उनलाई भगौडा घोषित गरेको छ । शेख हसिनाको चुनावी र्यालीमा सन् २००४ को अगस्त २१ मा ग्रिनेड हमला भएको थियो । यसमा २४ जनाको मृत्यु भएको थियो भने आवामी लिगका प्रमुख शेख हसीनासमेत ५ सय जनाभन्दा बढी घाइते भएका थिए ।

ढाकाको फास्ट ट्रयाक ट्रिब्युनलका न्यायाधीश शाहिद नुरुद्दीनले आजीवन कारावासको सजाय पाउने १८ अन्य आरोपी सहित तारिक रहमानलाई कारागार पठाउन आदेश दिएको छ । न्यायाधीशले हमलाको नियतलाई लिएर १२ बुँदामा चर्चा गरेका थिए । जाँचकर्ताले हमलाको मुख्य निशाना शेख हसीना थिइन् । यस हमलामा उनी पनि घाइते भएकी थिइन् ।

उक्त घटनामा आवामी लिगको महिला फ्रन्टका अध्यक्ष तथा पूर्व राष्ट्रपति जिया उल रहमानकी पत्नी इवी रहमानको मृत्यु भएको थियो ।भ्रष्टाचारको मामिलामा खालिदा जिया अहिले पाँच वर्षको सजाय काटिरहेकी छिन् । उनलाई ग्रिनेड हमलामा आरोपी बनाइएको थिइएन ।

प्रकाशित मिति: Oct 10, 2018

प्रतिक्रिया दिनुहोस्