Logo
५ माघ २०८१, शनिबार
(October 10, 2018)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

सरकारले अपराध र मँहगी बाहेक जनतालाई केही दिन सकेन : काँग्रेस उपसभापति निधि

जनकपुरधाम : नेपाली काँग्रेसका उपसभापति विमलेन्द्र निधिले मुलुकमा अहिले महँगी, हत्या, हिसां, बलात्कार जस्ता अपराध तीव्र रुपमा बढेपनि वर्तमान सरकार नियन्त्रण गर्न असफल भएको भन्दै चिन्ता व्यक्त गरेका छन् । उनले पछिल्लो सात महिनाको अवधिमा ओली सरकारले बलात्कार, हत्या, हिसां जस्तो जघन्य अपराधमा संलग्न दोषीलाई कारबाही गर्न नसकेकाले मुलुक ठूलो दुर्घटनामा फँस्न सक्ने आशंक व्यक्त गरेका हुन् ।

नगराईन नगरपालिकाको लगमामा नवनिर्मित दुर्गा मन्दिरको बुधबार उद्घाटन गर्दै उपसभापति निधिले दुई तिहाइ बहुमतको सरकारले अपराध, कर आतंक, महँगाइबाहेक जनतालाई अरु केहि दिन नसकेको जिकिर गर्दै विकास निर्माण जस्ता कार्यलाई समते अलपत्र पारेको आरोप लगाए । उलने मुलुकमा बढ्दै गएको हत्या हिंसाबारे सरकारमा सहभागी दलहरुले जबाफ दिनुपर्ने उनले बताए ।

मुलुक संघीय संरचनामा गइसकेपनि केन्द्र सरकारले प्रदेशलाई अधिकार दिन नचाहेको र प्रदेशले अधिकार लिने प्रयास पनि गर्न नसकेको उनको भनाई थियो । संविधान सर्वस्वीकार्य बनाउन संशोधनको विकल्प नरहेको बताउँदै उनले आफुहरुले पहिले पनि संविधानमा संशोधन आवश्यक रहेको भन्दै आएको र अहिले पनि संशोधनको पक्षमा रहेका स्पष्ट गरे ।

तर, संविधान संशोधनलाई चुनावी नारा बनाएको मधेश केन्द्रीत दलहरु अहिले सत्तामा पुगिसेकेपछि संशोधनको कुरा बिर्सिसकेको निधिले बताए । ‘मधेशवादी दलहरुले संविधान संशोधनलाई मुद्दा बनाए,’ उनले ने,‘अहिले प्रदेश २ मा उनीहरुकै सरकार छ, केन्द्र सरकारलाई समर्थन गरेको छ । संविधान संशोधन किन हुन सकेको छैन् ?’

प्रकाशित मिति: Oct 10, 2018

प्रतिक्रिया दिनुहोस्