Logo
५ माघ २०८१, शनिबार
(October 8, 2018)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

विदेश भ्रमणको रिपोर्टिङ गर्दै, आन्तरिक विवादबारे २४ गते छलफल गर्नेगरी नेकपा बैठक सकियो

बालुवाटारमा सोमबार बसेको नेपाल कम्युनिष्ट पार्टीको सचिवालय बैठकमा प्रधानमन्त्री एवं नेकपाका अध्यक्ष केपी शर्मा ओली, पूर्व प्रधानमन्त्री एवं नेकपाका अध्यक्ष पुष्पकमल दाहालसहित शीर्ष नेताहरु । तस्वीर : रोशन सापकोटा

काठमाडौं : पार्टी विवादबारे छलफल गर्न बसेको भनी अनुमान गरिएको नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को सचिवालय बैठक नेताहरुको विदेश भ्रमणको रिपोर्टिङ गर्दै केही बेरअघि सकिएको छ । बैठकमा अध्यक्ष केपी शर्मा ओलीले अमेरिका तथा कोस्टारिका र पुष्पकमल दाहाल प्रचण्डले चीन भ्रमणका विषयमा जानकारी गराएको प्रवक्ता नारायणकाजी श्रेष्ठले जानकारी दिए ।

त्यस्तै बैठकमा माधव नेपालले चीन र घाना भ्रमण र प्रवक्ता श्रेष्ठको चीन भ्रमणका विषयमा अवगत गराएका थिए । बैठकमा प्रधानमन्त्रीले संयुक्त राष्ट्रसंघको महासभामा नेपालको अहिलेको परिवर्तन र शान्ति प्रक्रियाको बारेमा विश्वलाई जानकारी गराएको, दुई पक्षीय सम्बन्ध बिस्तारको लागि उच्च स्तरिय भेटघाट भएको र सफल भएको बारे जानकारी गराएको प्रवक्ता श्रेष्ठले जानकारी दिए ।

अघिल्लो सचिवालय बैठकपछि पार्टी नेतृत्वमा देखिएको असन्तुष्टिका विषयमा आज छलफल नभएको प्रवक्ता श्रेष्ठले बताए । ‘यही २४ गते बिहान ८ बजे अर्को सचिवालय बैठक बस्ने निर्णय गर्‍यो’, श्रेष्ठले भने, ‘विवाद भनिएका विषयमा त्यही बैठकमा छलफल हुनेछन् ।’ २४ गतेको बैठकले स्थायी समितिको बैठक र कार्यसूची निर्धारण गर्ने निर्णय पनि सोमबारको बैठकले गरेको छ।

प्रकाशित मिति: Oct 8, 2018

प्रतिक्रिया दिनुहोस्